एघार फरार अभियुक्त पक्राउ

एघार फरार अभियुक्त पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन १४, २०७७

कर्णाली । प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत ११  फरार अभियुक्तलाई फक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट बहुविवाहका तीन तथा  आगलागी, कुटपिट र सवारी ज्यानका एकएक गरी छ  फरार अभियुक्तलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो । 

त्यस्तै जिप्रका मुगुबाट अंशभाग र कुटपिट एकएक, जिप्रका हुम्लाबाट जबर्जस्ती करणी, कालीकोटबाट लागुऔषध र दैलेखबाट बैंकिङ कसुरका एकएक गरी पाँच फरार अभियुक्त पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बाँस्तोलाले बताउनुभयो । तीन दिनमा प्रदेशका ४२ फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उहाँका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै अभियुुक्तलाई सम्बन्धित जिल्ला अदालतसमक्ष पेश गरिएको छ ।