ज्येष्ठ नागरिकका लागि सहयोगी बन्दै सेवा केन्द्र

ज्येष्ठ नागरिकका लागि सहयोगी बन्दै सेवा केन्द्र

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन १४, २०७७

पोखरा । बुढ्यौली उमेरका कारण घरको पट्यार लाग्दो बसाईमा टोल समाजमा सञ्चालित ज्येष्ठ नागरिक सेवा केन्द्रहरु बुढापाकाका लागि वरदान सावित भएको छ । परिवारका सदस्यको व्यस्तताले  दिनभर एक्लै समय बिताउँदा हुने अत्यार लाग्दो अवस्थाको अन्त हुँदै गएको छ । 

    ।
त्यस्तै सेवा केन्द्र मध्येको पोखरा महानगरपालिका वडा नं। १७ विरौटामा सञ्चालित ज्येष्ठ नागरिक वैदिक सनातन ९वेदान्त दर्शन० सत्संग स्थल पनि एक हो । स्थानीय समाजसेवी ७८ वर्षका टोपराज ढुङ्गानाको विशेष पहल एवम् समुदायको आर्थिक सहयोगले हालै सञ्चालनमा आएको केन्द्रमा अहिले दैनिक ३० देखि ३५ बुढापाका जम्मा हुने गरेका छन् । कोरानाले मास्क, सेनिटाईजरको प्रयोग र सामाजिक दूरी पनि कायम छ ।

बिहान दशदेखि साँझ पाँच बजेसम्म सञ्चालन हुने केन्द्रमा मनोरञ्जनका लागि भजन र सत्संग गरिन्छ । उहाँहरुलाई खाजा र फलफूल खुवाउने र समय मिलार धार्मिक क्षेत्रको भ्रमण गरउाने गरेको ढुङ्गानाले बताउनुभयो । ज्येष्ठ नागरिक मञ्च पोखरा १७ का अध्यक्ष समेत रहनु भएका ढुङ्गानाले सो स्थानको सार्वजनिक जग्गामा तीन लाख ७२ हजारको लागतमा आवश्यक सभा हल बनाएर केन्द्र सञ्चालन गरिएको बताउनुभयो । भवन बनाउन १४० जनाले आर्थिक सहयोग गर्नुभएको थियो । अद्धैत संस्था पोखरा १७ का अध्यक्ष ज्ञानेन्द्र सुवेदीले केन्द्रमा दैनिक खाजाको व्यवस्था सहित सरसफाई गर्दै आउनुभएको छ ।

भ्रमण एवम् सम्मानका लागि पोखरा महानगरपालिबाट दुई पटकमा एक लाख ४५ हजार रुपैया प्राप्त भएको ज्येष्ठ नागरिक मञ्च १७ का उपाध्यक्ष देवीबहादुर थापाले जानकारी दिनुभयो । दिवा सेवा केन्द्रसँगै जोडिएका दुई वटा कोठामा घरेलु श्रमिक एवम् रोजगार बालबालिकालाई पठनपाठनको व्यवस्था गरिएको छ । गोरखा, वाग्लुङ, चितवन, काभ्रेपलाञ्चोक, रोल्पा, मुगु, रामेछाप लगायतका १० बालिका सहित २५ बालबालिका त्यहाँ नियमित अध्ययनरत छन् ।
पोखरा उद्योग वाणिज्य संघद्धारा सञ्चालित वालश्रम न्यूनिकरण कार्यक्रम अन्तर्गत श्रमिक तथा जोखिममा रहेका बालकालिकालाई अनौपचारिक शिक्षा प्रदान गरी विद्यालय भर्ना गरिएको छ । तीन जना शिक्षिका सहित आवश्यक खर्च संघले दिँदै आएको छ । 

यसैबीच तीसौं अन्तर्राष्ट्रिय ज्येष्ठनागरिक दिवसको सन्दर्भमा लायन्स क्लव अफ पोखरा सिटीद्धारा सो केन्द्रका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण एवम् घरेलु श्रमिक बालबालिकालाई शैक्षिक तथा सरसफाईका सामाग्री वितरण ग¥यो ।  क्लवका अध्यक्ष निरज पन्तका अनुसार सत्संग सभा भवनका लागि कार्पेट, शैक्षिक सामाग्री र स्वास्थ्य परिक्षणका साथै निः शुल्क औषधि वितरणमा एक लाख मुल्य बरावरको सहयोग गरिएको हो ।