विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि खड्का निर्णायकमा छनोट

विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि खड्का निर्णायकमा छनोट

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन १४, २०७७

काठमाडाैं । विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि नेपालका अशोक खड्का अन्तर्राष्ट्रिय निर्णायकका रुपमा छनोट हुनुभएको छ । युएस वल्र्ड क्लास तेक्वान्दो संघको आयोजनामा आगामी अक्टोबर १० देखि १८ तारिखसम्म सञ्चालन हुने उक्त तेक्वान्दो महोत्सवका लागि खड्का निर्णायक मण्डलमा छानिनु भएको हो । विश्वभरबाट पाँच जना छनोट गरिएकामा एशियाबाट छनोट हुने खड्का एक्लो निर्णायक हुनुहुन्छ । 

छनोट हुने अन्य निर्णायकमा अमेरिकाका क्यारोलिना मार्क, ब्राजिलका एन्ड्रे ओलिभिरा, क्यानाडाका जिन लि र मेक्सिकोका लुक क्याम्पबाङे रहेको निर्णायक खड्काले जानकारी दिनुभयो । यसअघि पान अमेरिकन तेक्वान्दो युनियनको आयोजनामा भएको कोभिड १९ भर्चुअल तेक्वान्दो प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गरिसक्नुभएको छ । निर्णायकको भूमिका निर्वाह गरेवापत उहाँले दैनिक एक सय अमेरिकी डलर पारिश्रमिक पाउनुहुनेछ ।