के राहुललाई अमेठीमा हार्ने भय महसुुस भएको हो

के राहुललाई अमेठीमा हार्ने भय महसुुस भएको हो

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १७, २०७५

कांग्रेस अध्यक्ष राहुल गान्धी आफ्नो परम्परागत निर्वाचन क्षेत्र अमेठीसँगै केरलबाट पनि चुनाव लड्दै छन् । अमेठीमा राहुलको प्रतिस्पद्र्धा ‘फायर ब्राण्ड’ भाजपा नेतृ तथा केन्द्रीय मन्त्री स्मृति इरानीसँग रहेको छ । स्मृतिले कांग्रेस अध्यक्ष हारको भयले केरल गएको कटाक्ष गरेकी छन् । केरलको वायनाड निर्वाचन क्षेत्रमा राहुलले ‘सत्ताधारी लेफ्ट डेमोक्रेटिक फ्रन्ट’सँग भिड्नु पर्ने हुन्छ । के केरल राहुलको राजनीतिक जीवनका लागि ‘लाइफबोट’ साबित हुन्छ ? 

काठमाण्डौ । २०१९ को निर्वाचनमा कांग्रेस अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको अमेठीका अतिरिक्त केरलको वायनाड निर्वाचन क्षेत्रबाट पनि चुनाव लड्दै छन । 

अमेठीमा राहुलकी प्रतिद्वन्दी स्मृति इरानीले, ‘राहुल यहाँ हार्ने निश्चित भएकोले दक्षिण भागेको’ टिप्पणी गरेकी छन् । 

केरलका वामपन्थी मुख्यमन्त्री पी. विजयनले, ‘राहुलले यहाँ भाजपासँग नभएर लेफ्टसँग मुकाबिला गर्नुपर्ने हुन्छ’ भनी टिप्पणी गरेका छन् । 

२०१४ को निर्वाचनमा कांग्रेसले केरलका अन्य लेफ्ट पार्टीहरुसँगको सहकार्यमा ‘युनाइटेड डेमोक्रेटिक फ्रन्ट’ बनाई ८ सिट जितेको थियो । कांग्रेस प्रवक्ता रणदीप सूरजेवालाका अनुसार दक्षिणका

राज्य केरल, कर्नाटक र तमिलनाडुमा पार्टीलाई बलियो बनाउने रणनीति अनुसार कांगे्रसले आफ्ना अध्यक्ष राहुललाई केरलबाट पनि चुनाव लडाएको हो । 

 राहुल भन्दा पहिला उनकी आमा सोनिया गान्धी र हजुरआमा इन्दिरा गान्धीले पनि दक्षिण भारतबाट चुनाव लडेका थिए । 

के अमेठीमा राहुललाई डर भएकै हो ? 

उत्तर प्रदेशको अमेठी सिटमा प्रायः कांग्रेसकै जीत हुँदै आएको छ । यो गान्धी परिवारको परम्परागत सिट नै हो । २०१४ को मोदी लहरमा पनि राहुलले यस सिटमा विजय प्राप्त गरेका थिए । उनले स्मृति इरानीलाई नै परास्त गरेका थिए । 

परास्त भएपनि नरेन्द्र मोदीले स्मृतिलाई लगातार मन्त्री पद दिए । विगत पाँच वर्षमा स्मृतिले अमेठीमा अनेकौं विकास योजना ल्याएर लोकप्रियता आर्जन गरेकी छन् । 

उत्तर प्रदेशको राजनीतिमा कांग्रेसले अनेकौं प्रयास गर्दा पनि राज्यका दुबै क्षेत्रीय दल समाजवादी पार्टी र बहुजन समाज पार्टीले कांग्रेससँग सहकार्य गर्न मानेनन् । 

उत्तर प्रदेशको निर्वाचन सपा+बसपा गठवन्धन र भाजपामा केन्द्रीत बनेको छ । यस गठवन्धनले सोनिया गान्धीको निर्वाचन क्षेत्र रायवरेली र राहुलको क्षेत्र अमेठीमा आफ्ना उम्मेद्वार खडा नगर्ने घोषणा गरेको छ । यी दुबै क्षेत्रमा कांग्रेसको प्रतिस्पद्र्धा सीधै भाजपासँग हुनेछ । चुनावी पंडितहरुका अनुसार कांग्रेसले आफ्ना दुबै परम्परागत सिटमा कडा प्रतिस्पद्र्धा गर्नुपर्ने हुन्छ । 

राज्यका बाँकी ७८ सिटमा कांग्रेस तेस्रो नम्बरमा रहेको छ । 

 

स्रोत एजेन्सीहरु