‘नेपाली ऐतिहासिक उपन्यासमा पात्र विधान’ कृति आउँदै

‘नेपाली ऐतिहासिक उपन्यासमा पात्र विधान’ कृति आउँदै

लोकसंवाद संवाददाता  |  साहित्य  |  आश्विन १४, २०७७

काठमाडौँ । ‘नेपाली ऐतिहासिक उपन्यासमा पात्र विधान’ नामक अनुसन्धानमूलक कृति प्रकाशित हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (आख्यान) विभागबाट उक्त कृति प्रकाशन हुन लागेको हो ।

डा. विष्णु न्यौपानेद्वारा लिखित उक्त अनुसन्धानमूलक कृतिमा ऐतिहासिक पात्रहरूको व्यवस्थापन, चरित्रचित्रण, तिनले बहन गरेको ऐतिहासिक घटना र कार्यलाई व्यवस्थित रूपमा विश्लेषण गरिएको विभागीय प्रमुख प्राज्ञ माया ठकुरीले बताउनुभयो ।