सबैभन्दा लामो, झन्झटिलो, खर्चिलो र जटिल अमेरिकी राष्ट्रपति निर्वाचनका रोचक तथ्यहरु
आश्विन १५, २०७७

आगामी ३ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा रिपब्लिकन पार्टीबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट पार्टीबाट पूर्व उपराष्ट्रपति जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ । 

संसारकै सबैभन्दा लामो, झन्झटिलो, खर्चिलो र जटिल भएपनि अमेरिकी राष्ट्रपति निर्वाचनका केही रोचक पक्षहरु छन् । यो पटक जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएमा उनी सबैभन्दा बढी उमेरमा अमेरिकी राष्ट्रपतिमा विजयी हुने व्यक्तिका रुपमा इतिहास बनाउनेछन् भने पेन्सिलभानियाबाट अमेरिकी राष्ट्रपति बन्ने दोस्रो व्यक्ति हुनेछन् । 

यसअघि पेन्सिलभानियाबाट १५ औँ राष्ट्रपतिका रुपमा जेम्स ब्युकानन् निर्वाचित भएका थिए । अमेरिकामा सबैभन्दा बढी भर्जिनिया राज्यबाट ८ पटक राष्ट्रपति बनेका छन् । 

सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित हुँदा ७० वर्षका थिए । हाल बाइडेन ७७ वर्ष पुगेका छन् । 

अमेरिकामा हरेक चार वर्षमा राष्ट्रपति पदको निर्वाचन हुन्छ । निर्वाचन हुने वर्षको नोभेम्बरको पहिलो मंगलबार अमेरिकी राष्ट्रपति निर्वाचन हुने गर्छ । यदि पहिलो मंगलबार १ तारिख परेको खण्डमा दोस्रो मंगलबार निर्वाचन हुन्छ । कुनै पनि अमेरिकी राष्ट्रपतिले बढीमा दुई कार्यकाल काम गर्न पाउँछन् । 

फ्रेंकलिन डि रुजवेल्ट भने त्यस्ता अपवाद हुन्, उनले चार राष्ट्रपतीय निर्वाचन जित्ने रेकर्ड कायम गरेका छन् । सन् १७९६ मा पहिलो अमेरिकी राष्ट्रपति जर्ज वासिङ्टनले तेस्रो पटक राष्ट्रपति बन्न अस्वीकार गरेपछि अमेरिकामा कुनै राष्ट्रपतिका लागि अधिकतम दुई कार्यकाल अलिखित कानुनजस्तै बन्दै आएको छ । 

युलिसिस ग्रान्ट तेस्रो पटक राष्ट्रपतिको उम्मेदवार बन्ने प्रयास गर्दा आलोचनाका पात्र बनेका थिए । सन् १९४७ मा अमेरिकी संविधानमा गरिएको २२औँ संशोधनमार्फत कुनै राष्ट्रपति दुई कार्यकालभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था गरियो । 

अदालतले फ्लोरिडा राज्यको मतगणना पुनः गर्न आदेश दिएको थियो । जहाँबाट बुसले २५ इलेक्टोरल भोट ल्याएका थिए । यो निर्वाचनमा अल गोरले २५५ र बुसले २७१ इलेक्टोरल मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका थिए । 

८ जना अमेरिकी राष्ट्रपतिको पदमा रहँदा नै मृत्यु भएको छ । चार अमेरिकी राष्ट्रपति (विलियम हेनरी ह्यारिसन, जेकरी टेलर, वारेन जी. हार्डिङ र फ्रेंकलिन डि. रुजबेल्ट) को पदमा रहँदा नै मृत्यु भयो भने चार अमेरिकी राष्ट्रपति (अब्राहम लिंकन, जेम्स गार्फिल्ड, विलियम म्याकन्ली र जोन एफ केनेडी) पदमा रहँदा हत्या भयो । 

रिचर्ड निक्सनले ‘वाटरगेट काण्ड’ का कारण राष्ट्रपतिको कार्यकाल पूरा नगर्दै राजीनामा दिनुपरेको थियो । जिम्मी कार्टर, बिल क्लिन्टन र जर्ज डब्लु बुस र बाराक ओबामा गरी चार जना अमेरिकी पूर्वराष्ट्रपति जीवित छन् । 

नोेभेम्बरको पहिलो साता आउने ‘इलेक्सन डे’ मा अमेरिकी राष्ट्रपतिको निर्वाचनमा जनताले प्राइमरी निर्वाचनमा जस्तै इलेक्टर्स छान्छन् । यसलाई ‘इलेक्टोरल कलेज’ भनिन्छ । यी नै इलेक्टोरल कलेजले अमेरिकी राष्ट्रपति चयन गर्छन् । अमेरिकामा राष्ट्रपतिको निर्वाचनका लागि ५ सय ३८ जना इलेक्टर्स चयन हुन्छन् । यो संख्या अमेरिकाको दुवै सदन (सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ) को सदस्य संख्याको कुल जोड हो । यी नै इलेक्टर्सको बहुमत अर्थात् २ सय ७० भन्दा बढी मत ल्याउने व्यक्ति अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन्छ ।

सामान्यतः बढी मत ल्याउने व्यक्ति राष्ट्रपति हुन्छन् । तर अमेरिकामा निर्वाचनमा बढी मत ल्याउँदैमा राष्ट्रपति निर्वाचित हुँदैनन् । अमेरिकामा ५ वटा निर्वाचनमा निर्वाचित राष्ट्रपति भन्दा पराजित उम्मेदवारले बढी मत ल्याएका उदाहरण रहेका छन् । 

सन् १८८४ मा एन्ड्रयु ज्याक्सनले लोकप्रिय मत ल्याए । तर उनले ५० प्रतिशतभन्दा कम इलेक्टोरल मत ल्याएका कारण पराजित भए । त्यस समयमा क्वीन्सी एडम्स राष्ट्रपतिमा निर्वाचित भए । 

सन् १८७६ मा सामुएल टिल्डेनले ‘पपुलर मत’ जितेपनि रदरफोर्ड बी हायसले १८५ र टिल्डेनले १८४ इलेक्टोरल मत पाएका कारण राष्ट्रपति बन्न सकेनन् । 

सन् १८८८ मा ग्रोभर क्लेभल्यान्डले पपुलर मत जिते । तर उनले १६८ इलेक्टोरल मत ल्याए भने बेन्जामिन ह्यारिसले २३३ इलेक्टोरल मत जितेर राष्ट्रपति निर्वाचित भए । 

सन् २००० मा अल गोरले पनि पपुलर मत जितेका थिए । तर राष्ट्रपतिमा जर्ज डब्लु बुस निर्वाचित भए । अमेरिकी इतिहासमा यो निकै प्रतिपर्धात्मक निर्वाचन थियो । यो निर्वाचनको परिणामलाई लिएर विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । अदालतले फ्लोरिडा राज्यको मतगणना पुनः गर्न आदेश दिएको थियो । जहाँबाट बुसले २५ इलेक्टोरल भोट ल्याएका थिए । यो निर्वाचनमा अल गोरले २५५ र बुसले २७१ इलेक्टोरल मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका थिए । 

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टन ट्रम्पभन्दा बढी मत ल्याएर पनि राष्ट्रपतिमा पराजित भइन् । उनले २२७ इलेक्टोरल मत ल्याइन् भने ट्रम्पले ३०४ मत पाए । 

ग्रोभर क्लेभल्यान्ड सन् १९८४ मा राष्टग्रोभर क्लेभल्यान्ड सन् १९८४ मा राष्ट्रपति निर्वाचित भए भने १९८८ मा पराजित भए र १९९२ मा पुनः राष्ट्रपति निर्वाचित भए । 

अमेरिकामा राष्ट्रपति बन्नका लागि ३५ वर्ष पूरा भएको, १४ वर्षदेखि लगातार अमेरिकामा बसोबास गरिरहेको र अमेरिकामै जन्मिएको हुनुपर्छ । जर्ज वासिंगटनमात्रै सर्वसम्मतिले चयन भएका राष्ट्रपति हुन् ।

अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार बन्ने पहिलो महिला भिक्टोरिया उडहुल हुन् । उनी सन् १९७२ मा उम्मेदवार बनेकी थिइन् । हिलारी क्लिन्टन मुख्य पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पहिलो महिला हुन् । मार्टिन भान बुरेन अमेरिकामा जन्मिएका पहिलो राष्ट्रपति हुन् । उनी सन् १८३७ मा अमेरिकी राष्ट्रपति बनेका थिए । त्यसअघि जन्मिएका ७ जना अमेरिकी राष्ट्रपति ब्रिटिस या ब्रिटिसकालमा जन्मिएका हुन् ।