कहाँ र कस्तो छ राहुलले लड्ने अर्को निर्वाचन क्षेत्र

कहाँ र कस्तो छ राहुलले लड्ने अर्को निर्वाचन क्षेत्र

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १७, २०७५

कांग्रेस अध्यक्ष राहुल गान्धीले अमेठीका अतिरिक्त अर्को चुनाव क्षेत्रबाट पनि चुनाव लड्ने समाचार आउने बित्तिकै केरल राज्यको वायनाड क्षेत्रको चर्चा चुलियो । 

काठमाडौ । राहुल गान्धीले केरलको वायनाडबाट चुनाव लड्ने घोषणा कांग्रेसले गरेपछि वायनाड बारे खोजीनिति तीब्र भएको छ । 

कांग्रेस प्रवत्ताका अनुसार केरलको वायनाड निर्वाचन क्षेत्रको सीमाना सीमावर्ती दुई अन्य राज्य तमिलनाडु र कर्नाटकसँग जोडिएकोले पार्टी अध्यक्षलाई त्यहाँबाट चुनाव लडाइएको हो । 

केरलको वायनाड जिल्लालाई ‘ग्रीन प्याराडाइज’ भनिन्छ । यहाँ चारैतिर हरियाली छ । यसका साथै वायनाडको आफ्नो विशेष इतिहास पनि रहेको छ । इतिहासहरुका अनुसार जिसस क्राइस्टको जन्म हुनु  १ हजार वर्ष पुर्व नै वायनाडमा मानिसको वसोवास रहेको थियो । 

यहाँ प्राचीनकालको सभ्यातासँग जोडिएका कैयन ऐतिहासिक पहाड र गुफा छन । कर्नाटकका शासक हैदर अलीले आफु सत्तामा आएपछि वायनाड माथि आफ्नो आधिपत्य  गरेका थिए ।
वायनाडमा चेम्बरा पीक एडक्कल गुफा, कुरुवा द्धिप, मुथांगा वाइल्ड लाइफ सैन्चुअरी, पुकोट झील, कंथानपारा झरना ,वाणासुर सागर बाँध जस्ता अनेकौ रमणीय स्थल रहेका छन । वर्षेनी लाखौं पर्यटक  वायनाड पुग्ने गर्छन । 

राहुल गान्धीको उम्मेदवारीले भारतभरि वायनाडको चर्चा हुन थालेको छ । उनको उम्मेदवारीले वायनाडको पर्यटन व्यावसाय अझै फस्टाउने निश्चित छ । 

स्रोत एजेन्सीहरु