कुवेतका नयाँ अमिरको सपथ ग्रहण सम्पन्न

कुवेतका नयाँ अमिरको सपथ ग्रहण सम्पन्न

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन १५, २०७७

एजेन्सी । कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहले बुधबार संवैधानिक व्यवस्था बमोजिम संसद समक्ष कुवेतका अमिरका रुपमा सपथ गर्नु भएको छ । 

सरकारको आपतकालीन बैठकले मंगलबार अल–सबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो । कुवेती अमिर सबाह अल–अहमद अल–सबाहको मंगलबार उपचारको क्रममा संयुक्तराज्य अमेरिकाको एक अस्पतालमा निधन भएको थियो । उहाँ ९१ वर्षका हुनुहुन्थ्यो

कुवेतको संविधानबमोजिम पूर्व अमिरको निधन भएमा वा पदत्याग गरेमा उहाँका उत्तराधिकारीलाई नयाँ अमिर घोषणा गर्ने परम्परा छ । 

तर, नयाँ अमिरको घोषणा भएपनि संसद समक्ष सपथ गरेपछि मात्र पदभार ग्रहण गर्न पाइने संवैधानिक व्यवस्था छ । 

स्वर्गीय अल–सबाह जनवरी २००६ मा कुबेतको अमिर बन्नु भएको थियो । त्यसअघि कुबेतमा शेख जाबेर अल–सबाह अमिर हुनुहुन्थ्यो ।