पुरस्कार नलिने घोषणा : सञ्जीव उप्रेतीकाे ढोङ र भ्रम मोदनाथ प्रश्रितकाे मानमर्दनमा प्रयोग !

पुरस्कार नलिने घोषणा : सञ्जीव उप्रेतीकाे ढोङ र भ्रम मोदनाथ प्रश्रितकाे मानमर्दनमा  प्रयोग !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १५, २०७७

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास  ‘हंस’ लाई दिने निर्णय गर्‍यो । ‘हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, कानुन तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरिएकाले पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाउँदै सो निर्णय गर्‍यो ।

प्रतिष्ठानले यस वर्षको पद्मश्री साधना सम्मान विगत ६ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रूपान्तरण तथा राष्ट्रिय एकतामा महत्त्वपूर्ण योगदान पुर्‍याएका साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय पनि साथसाथै गर्‍यो । पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि तीन लाख रुपैयाँ रहेको छ । २०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर गरेका पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

सम्मान तथा पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिँदै आएकोमा यस पटक अनुकूल समयमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख  गरिएको छ । तर पुरस्कार र सम्मान घोषणा भएपछि एउटा प्रमाणिक विषयलाई लिएर सामाजिक सञ्जाल पुरै यसरी  तताइयो । 

यसो भनिरहँदा प्रश्रितलाई लागेको आरोप असत्य थियो भन्ने हाम्रा भनाई होइन । प्रमाणित हुन बाँकी रहेको विषय जसरी मानमर्दन गर्ने गरी उचालियो त्यसले प्रश्रितको भन्दा उप्रेती भ्रममा बाँचेको बढी आभास हुन्छ ।  

यसो भनिरहँदा प्रश्रितलाई लागेको आरोप असत्य थियो भन्ने हाम्रा भनाई होइन । प्रमाणित हुन बाँकी रहेको विषय जसरी मानमर्दन गर्ने गरी उचालियो त्यसले प्रश्रितको भन्दा उप्रेती भ्रममा बाँचेको बढी आभास हुन्छ ।  

 

जुन विषयमा कुनै प्रमाण छैन, आधार छैन आरोप मात्रै छ पुष्टि गर्ने आरोप बाहेक अन्य कुनै प्रमाण नभएको विषयमा सामाजिक सञ्जालको उक्साहटमा खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ को पद्मश्री पुरस्कार अर्पण गर्ने निर्णयप्रति लेखक सञ्जीव उप्रेतीले आपत्ति मात्र  जनाउन मात्र जनाएनन् पुरस्कार नै नलिने घोषणा गरेर विवादित बनाइदिए । प्रतिष्ठानले पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई पनि सँगै दिइने निर्णयप्रति उप्रेतीको आपत्तिको विषय बनाइएको छ । 

पुरस्कारप्रति आपत्ति किन त ? उप्रेती भन्छन्, ‘यौन हिंसाको आरोपमा पर्नुभएको लेखकसँगै बसेर एउटै मञ्चबाट पुरस्कार लिन मलाई गाह्रो पर्छ । पुस्तककै माध्यमबाट मोदनाथ पश्रितलाई शारदा भुषालले लगाएको आरोप अझै रहिरहेकाले पुरस्कारसँग मेरो विमति रहेको हो ।’लेखक एवं प्राध्यापक उप्रेती लैङ्गिक समानताका पक्षमा निरन्तर लेखिरहने साहित्यकारमा पर्छन् । उनकी श्रीमती अर्चना थापा लगायतको एउटा समूह महिला अधिकारको पक्षमा वकालत गरिरहन्छ ।

किन विवादमा तानिए प्रश्रित ?

भ्रष्टाचार विरोधी सामाजिक अभियन्ता शारदा भुसालले आफू किशोरी अवस्थामा त्रासदीपूर्ण यौन हिंसामा परेको र बलात्कृत भएको बताएकी छिन् । ‘धरातल’ नामको मोटो आत्मकथा नै लेखेर भुसालले यस्तो दाबी सार्वजनिक गरेकी हुन् । अर्घाखाँचीमा जन्मेर अहिले ४० वर्ष पुगेकी सामाजिक अभियन्ता भुसालले किन आफूमाथि बलात्कार भयो भन्ने लेखिन् ? के उनी साँच्चै यौन हिंसामै परेकी हुन् त ?

उनले आफूले जान्ने भएको उमेरदेखि नै परिवारबाट धेरै पीडा सहियो भन्दै पुस्तकमा प्रश्रितले आफूलाई हिंसामा पारेको उल्लेख गरेकी छिन् । ‘नालिका हुने बेलामा यौन हिंसामा परियो । त्यसपछि विवाह भनेको के हो भन्ने थाहा भएन । कसैले बाबु बनाएर, कसैले छोरी बनाएर लिएर गए । पछि मात्रै विवाह गरेको भन्ने थाहा भयो ।

२६ वर्षकी भएपछि महिला हिंसा, भ्रष्टाचार विरोधी अभियान अनि पार्टीहरूको आचरण सबै कुराहरू देखेँ । अहिले मेरो उमेर ४० वर्षको भयो । यो उमेरसम्म मैले जे भोगेँ, ती कुराहरूका बारेमा एउटा लेख लेखेर वा दुई शब्दमा बोलेर सकिँदैनथ्यो । त्यसले यो विषयमा मैले आत्मकथा लेखेकी हुँ ,’ उनले धरातल पुस्तकको सुरुमै भनेकी छिन् ।

भुषालले धरातल पुस्तकमार्फत प्रश्रितलाई बलात्कारको आरोप लगाएकी थिइन् । लेखक भुषालले प्रश्रितलाई सम्मान गर्न लागिएको प्रति दुःख लागेको बताएकी छिन् । ‘आफू १३ वर्षको उमेरमा बलात्कार हुनुपरेको पीडा कसले बुझिदिने?’ उनले प्रश्न गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी भुषालले प्रतिष्ठानले यौन हिंसाको आरोपितलाई पुरस्कार दिने निर्णय गरेर सामाजिक न्याय माथि प्रश्न उठाएको उल्लेख गरेकी छन् । तर प्रश्रितले धरातल पुस्तक सार्वजनिक भएपछि पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेका थिए ।

उप्रेतीको अपरिपक्व निर्णय

लामो समय त्रिभुवन विश्वविद्यालयमा अग्रेजीको प्राध्यापन गरेका सञ्जीव उप्रेती नेपाली भाषा साहित्यमा लामो योगदान गर्ने व्यक्तिका रुपमा लिइँदैन । एउटा समूहले आफ्ना रचनालाई अनुवाद गर्न लगाउने र त्यस क्रममा चाकडी गर्दा उहाँ समालोचक हो नि भनेर बिस्तारै साहित्यको दलदलमा जर्वजस्त प्रवेश गराइएका पात्र हुन । जति नेपाली साहित्य संस्कृति र राजनीतिमा मोदनाथ प्रश्रितको योगदान छ त्यसको एक चौथाइ पनि उनले पूरा गरेका छैनन् । 

अझ यो पनि के सत्य हो भने उप्रेती सरकारी कर्मचारीका रुपमा कार्यरत व्यक्तिलाई कोही एउटा समूहले साहित्यकारका रुपमा ल्याउँदा उनको धेरै आलोचना समेत भएको थियो । विज्ञापनको दूनियामा उनलाई महान् बनाउने पक्षले नै अहिले प्रश्रितको अप्रामाणिक विषयमा उचालेर थेचारेको आरोप लागेको छ । 

यदि साँच्चै विवाद नै गर्ने हो र मोदनाथ प्रश्रितले उनी विरुद्ध मानहानिमा मुद्दा हाल्ने हो भने यसको कानुनी निरूपणका रुपमा कि प्रमाणित हुन्छ कि मानहानिमा उप्रेतीलाई कारबाही हुनसक्छ। यसो भनिरहँदा प्रश्रितलाई लागेको आरोप असत्य थियो भन्ने हाम्रा भनाई होइन । प्रमाणित हुन बाँकी रहेको विषय जसरी मानमर्दन गर्ने गरी उचालियो त्यसले प्रश्रितको भन्दा उप्रेती भ्रममा बाँचेको बढी आभास हुन्छ ।  

आफ्नै श्रीमती अर्चना थापा सहितका केही महिला बादी अभियन्ताको माझ उनी लल्याकलुलुक भए । नेपाली साहित्यमा औसत ‘हंश’ उपन्यासले पद्मश्री पाइरहेका बेला पनि उनी सामाजिक सञ्जालमा आएको टिप्पणीको भ्रममा परेको प्रष्टे देखिन्छ। 

विगतको ‘घनचक्कर’ उपन्यासको प्रयोग नेपाली पाठकका लागि आफैँमा ‘घनचक्कर’ भइरहेका बेला  एउटा भ्रम के नराख्दा राम्रो हुन्छ भने अमूर्त र क्लिष्ट कुरामा ‘फर्सीको जरा’ झैँ लेखिएको यो ट्रेन्डलाई धन्य पुरस्कार दिइएको हो, यसलाई अस्वीकार गर्नु सञ्जीवको जीवनकै सबैभन्दा ठुलो भ्रामके रुपमा बजारमा लिन थालिएको छ । 

हालसम्म उनी यौनजन्य क्रियाकलापकाे आराेपमा मुछिएका छैनन् त्यो सत्य हो तर यौनजन्य क्रियाकलापमा कोही कसैले लगाएको आरोप अप्रामाणिक हुँदाहुँदै लहै लहैमा लागेर सञ्जीवले आफूलाई मोदनाथसँग दाँज्नै पर्ने बाध्यता किन पर्‍यो ? अर्को व्यक्तिको नैतिक हुर्मत लिन उप्रेती प्रयोग त भएका होइनन् ?  भन्ने  प्रश्न उठको  मात्र होइन उनलाई भन्न थालिएको छ - उप्रेती ढोङ र भ्रममा त बाँचेका छैनन् ?