मन्त्रिपरिषदबाट खानेपानी मन्त्रीको भ्रमण अस्वीकृत

मन्त्रिपरिषदबाट खानेपानी मन्त्रीको भ्रमण अस्वीकृत

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १८, २०७५

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ। सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने तयारी भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो।

मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने कार्यक्रम तय गरिएको थियो। भट्ट, दास र उपाध्यायको कोस्टारिका भ्रमण कार्यक्रम मन्त्री मगरले नै स्वीकृत गरेकी थिइन्। मन्त्रीको विदेश भ्रमणसम्बन्धी निर्देशिका अनुसार मन्त्री र सचिवको विदेश भ्रमणलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने व्यवस्था छ तर सहसचिव र त्यसभन्दा मुनिका कर्मचारीको विदेश भ्रमणलाई सम्बन्धित मन्त्रीले स्वीकृति दिनुपर्छ। आजकाे  नागरिक दैनिकमा खबर छ ।