ट्रम्प र मेलानीया दुबैलाई कोरोना संक्रमण

ट्रम्प र मेलानीया दुबैलाई कोरोना संक्रमण

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन १६, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुबैलाई कोरोनाभाइरस संक्रमण भएको छ । 

ट्रम्पले बिहीबार ट्वीट गर्दै भन्नुभयो, 'म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं । हामी दुबै क्वारेन्टिनमा छौं ।'

यसअघि राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण देखिएको बताउनुभएको थियो । हिक्सलाई कोरोना पोजेटिभ भएसँगै राष्ट्रपति ट्रम्प र मेलानीया दुबैले कोरोना परीक्षण गराउनु भएको थियो ।