धान झार्ने क्रममा बेरिएर महिलाको मृत्यु

धान झार्ने क्रममा बेरिएर महिलाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन १६, २०७७

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा आज धान झार्ने गर्ने क्रममा बेरिएको एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउँदको घटनास्थलमै मृत्यु भएको हो । 'खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउँदको मृत्यु भएको हो', जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो, ट्रयाक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएको छ ।'

उहाँले इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले घटनास्थल मुचुल्का गरिरहेको र त्यसपछि शव परीक्षणका लागि अस्पताल लगिने जानकारी दिनुभयो ।