केही हाइकु

केही हाइकु

सीताराम नेपाल  |  साहित्य  |  आश्विन १७, २०७७

हरुवा भेला
उच्चस्थान गरिमा
रुन्चे लागेछ

चाकरी घेरो 
रमाउने चौघेरो
फोस्रो प्रशंसा

मन माँझ लौ
बादरझैँ नबाझ
अबुझ बनी

नुहुने बाँस
देख्दा फिस्टेको फूर्ति
अचम्म लाग्ने

भष्मासूरले 
राख्दैन बाँकी कतै
तथास्तु भन्दै

किन डराको
आफैँले ल्याएकोले
कोरोना आको

मेलम्ची पानी
आशैआश्मा अल्झेको
हाम्रो सपनी

यो मुखै तीतो
देखेको प्वाक्क बोल्ने
म त जनता

देश चालक
नहुन् छलिकपटी
भन्छन् जनता

गिराए नूर
सामन्त मास्छौँ भन्दै
डुबे नालमा