कोरोना सङ्क्रमित ६२ वर्षीय पुरुषको मृत्यु

कोरोना सङ्क्रमित ६२ वर्षीय पुरुषको मृत्यु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन १८, २०७७

चितवन । चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । असोज  १६ गते कोरोना सङ्क्रमणसहित उहाँ भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना हुनुभएको थियो ।

उहाँमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ ।