स्थानीय  समुदायसँग छलफल नगरी ल्याएका कारण पशुपति क्षेत्र गुरुयोजनाको विरोध

स्थानीय  समुदायसँग छलफल नगरी ल्याएका कारण पशुपति क्षेत्र गुरुयोजनाको विरोध

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन १८, २०७७

काठमाडौँ । पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले स्थानीय  समुदायसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाएको जनाउँदै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलगायत कर्मचारीको राजीनामा माग गरेको छ ।

समितिले आज र भोलि सोमबार कोषको कार्यालयमा धर्ना दिने, कोष घेराउ गर्नेलगायत विरोध कार्यक्रम घोषणा गरेको छ ।