क्वारेन्टाइनमा बसाई लम्बिएसँगै ट्रम्पको चुनावी अभियानमा धक्का ! कार्यभार सम्हाल्न नसकेमा के हुन्छ ?

क्वारेन्टाइनमा बसाई लम्बिएसँगै ट्रम्पको चुनावी अभियानमा धक्का ! कार्यभार सम्हाल्न नसकेमा के हुन्छ ?

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन १९, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस संक्रमित भएर उपचारका लागि अस्पताल भर्ना भएका छन् । गत साता चुनावी बहसको कार्यक्रमका लागि ओहियो जाने क्रममा एयर फोर्स विमानमासँगै देखिएकी उनकी सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण पुष्टि भएपछि राष्ट्रपति ट्रम्प दम्पत्तिले पनि कोरोना परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण देखिएको थियो । कोरोना संक्रमणबाट हुने मृत्युको जोखिमपूर्ण उमेर समूहका ट्रम्प कोरोनाका लक्षण देखिएपछि अस्पताल भर्ना भएका छन् ।

अस्पताल भर्ना भएपछि उनको स्वास्थ्यलाई लिएर अनेक टिका टिप्पणी भइरहेका बेला ट्रम्पले शनिबारमात्रै भिडियो सन्देश जारी गरेका छन् । जसमा उनले आफूले अस्पताल आउँदाभन्दा आराम महसुस गरेको तर अबका केही दिन वास्तविक परीक्षाको घडी भएको बताएका छन् । उनको यो अभिव्यक्तिले उनको स्वास्थ्य अवस्थामा समस्या रहेको प्रष्ट बुझ्न सकिन्छ ।

उनले अस्पताल बसेर नै आफूले राष्ट्रपतिको कार्यभार सम्हाल्ने बताइसकेका छन् । ट्रम्पले आफ्नो स्वास्थ्यमा सुधार आएको बताएपनि उनका निजी चिकित्सक डा.सीन कोल्नीले खतराबाट अझै बाहिर आइनसकेकोले राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे सावधानीपूर्वक आशावादी रहेको बताएका छन् ।

चार मिनेट लामो भिडिओ सन्देशमा राष्ट्रपति ट्रम्पले वाशिङ्टनस्थित द वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरका चिकित्सक तथा नर्सहरूलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘म यहाँ आउँदा मेरो स्वास्थ्य त्यति राम्रो थिएन । अहिले म पहिलाभन्दा राम्रो महसुस गरिरहेको छु । । मेरो विचारमा आगामी केही दिन वास्तविक परीक्षाको हुनेछ । अब हेरौँ के हुन्छ ।’

५ औँ संशोधनमार्फत राष्ट्रपतिलाई उपराष्ट्रपतिसमक्ष शक्ति हस्तान्तरणको बाटो खुला गरेको छ । त्यसो गरेमा माइक पेन्स कार्यवाहक राष्ट्रपति हुनेछन् । ट्रम्प निको भएपछि पुनः काममा फर्कन सक्नेछन् । यदि राष्ट्रपति निकै नै अस्वस्थ भएर शक्ति हस्तान्तरण गर्न सकेनन् भने मन्त्रिपरिषद् र उपराष्ट्रपतिले उनी काम जारी राख्न नसक्ने घोषणा गर्न सक्नेछन् । त्यसपछि पनि राष्ट्रपतिको भूमिका पेन्सले नै निभाउनेछन् । 

३ नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीबाट डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनविरुद्ध उम्मेदवार रहेका उनले आफू निर्वाचन प्रचारप्रसारमा फर्किन चाहेको बताएका छन् । तर ३ नोभेम्बरमा राष्ट्रपति निर्वाचनका लागि मतदान हुनुभन्दा एक ३२ दिनअघि कोरोना पुष्टि भएका उनको केही स्थानमा आयोजित चुनावी सभा स्थगित गरिएको छ । 

अस्पतालबाटै राष्ट्रपतिको काम गर्ने सुविधा

राष्ट्रपति ट्रम्प वाल्टर रीड राष्ट्रिय चिकित्सा केन्द्रमा उपचाररत छन् । उनले उपचार गराइरहेको यो अस्पताल आफैंमा विशाल र सुविधा सम्पन्न अस्पताल हो । उनले यस अस्पतालबाट राष्ट्रपति कार्यालयमा जस्तै हरेक सुविधा पाउनेछन् । उनको उपचारमा करिब ७ हजार स्टाफ सदस्य र अमेरिकाकै वरिष्ठ चिकित्सकहरु सहभागी छन् । उनी अस्पतालको अलग स्थानमा बनेको ‘प्रेसिडेन्सियल सूट’ मा रहनेछन् । जुन अस्पतालमा निर्मित ८८ वटा भवनको एक भव्य भाग हो । जसलाई ‘वार्ड ७१’ का नामले चिनिन्छ । वार्ड ७१ को एउटा कोठा राष्ट्रपतिको रुपमा काम गर्नका लागि तयार गरिएको छ । यो कोठामा कम्प्युटर राखिएको छ भने आरामका लागि एउटा बेडको समेत व्यवस्था गरिएको छ । 

वार्ड ७१ सुरक्षित सञ्चार उपकरणले सुसज्जित छ । आगन्तुकसँग भेट्नका लागि अलग कोठाको व्यवस्था छ । वाल्टर रिड मेडिकल सेन्टरको ‘प्रेसिडेन्सियल सूट’ ६ वटा विशिष्ट बिरामीका लागि तयार गरिएका वार्डमध्ये एक हो । जहाँ उच्च तहका सैनिक अधिकारी र ह्वाइट हाउस र क्याबिनेटका सदस्यको उपचारका लागि आरक्षित छ । वाल्टर रिडले देशका शीर्ष नेताको उपचारका लागि एक अलग्गै संयन्त्र बनाएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको आम रुपमा मेडिकल मूल्यांकन र उपचार इकाई (एमईटीयू) मा उपचार गरिन्छ । एमटीयुमा अन्य मानिसहरुलाई आउन प्रतिबन्ध छ र यो अस्पतालको सुरक्षित संयन्त्र मानिन्छ । जहाँ दोहोरो संचार उपकरण, अडियो भिडियो र वायरलेस क्षमताका साथै बेडसाइट मनोरञ्जनबाट लैस रहेको छ । ट्रम्पले कोरोना मुक्त नभएसम्म यहीबाट काम गर्नेछन् । 

ट्रम्पले काम गर्न नसके के हुन्छ ?

१ अक्टोबरमा कोरोना भाइरस संक्रमण देखिएपछि उनी कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । त्यसैले १० दिनमा कोरोना जितेमा १५ अक्टोबरमा हुने दोस्रो राष्ट्रपतीय बहसमा सहभागी हुन सक्ने सम्भावना जीवित छ । त्यसअघि तय गरिएका चुनावी कार्यक्रम भने रद्द गरिएको छ । उनले जोखिमयुक्त उमेर समूहका वरिष्ठ व्यक्तिहरूसँगको भिडिओ संवाद समेत रद्द गरेका छन् । क्वारेन्टाइनमा उनको बसाई लम्बिएमा उनको चुनावी अभियानमा धक्का पुग्न सक्नेछ । त्यसैले चुनाव सार्ने विकल्प र त्यसको प्रक्रियाका विषयमा समेत चर्चा सुरु भएको छ ।

कानुनतः अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रत्येक चार वर्षमा नोभेम्बर महिनाको पहिलो मंगलबार हुन्छ । पहिलो मंगलबार १ तारिख परेमा दोस्रो मंगलबार निर्वाचन हुने व्यवस्था भएका कारण यसवर्ष ३ नोभेम्बरमा निर्वाचन हुने निर्धारित मिति छ । तर चुनाव सार्ने कुरा राष्ट्रपतिको बसमा छैन । निर्वाचन सार्नका लागि अमेरिकी संसदको दुवै सदनको बहुमत आवश्यक छ । तर तल्लो सदनमा डेमोक्र्याटको बलियो उपस्थिति रहेका कारण सहज हुनेछैन । 

मिति परिवर्तन नै भएमा राष्ट्रपतिको कार्यकाल चार वर्षमा सीमित रहन्छ । जसले गर्दा २० जनवरी, २०२१ को मध्यान्हपछि ट्रम्पको कार्यकाल सकिन्छ । उनको स्वास्थ्यमा धेरै समस्या छैन र सामान्य लक्षणहरु देखिएका छन् । तर उनले काम नै गर्न नसक्ने अवस्था आएमा संविधानमा केही व्यवस्थाहरू छन् ।

२५ औँ संशोधनमार्फत राष्ट्रपतिलाई उपराष्ट्रपतिसमक्ष शक्ति हस्तान्तरणको बाटो खुला गरेको छ । त्यसो गरेमा माइक पेन्स कार्यवाहक राष्ट्रपति हुनेछन् । ट्रम्प निको भएपछि पुनः काममा फर्कन सक्नेछन् । यदि राष्ट्रपति निकै नै अस्वस्थ भएर शक्ति हस्तान्तरण गर्न सकेनन् भने मन्त्रिपरिषद् र उपराष्ट्रपतिले उनी काम जारी राख्न नसक्ने घोषणा गर्न सक्नेछन् । त्यसपछि पनि राष्ट्रपतिको भूमिका पेन्सले नै निभाउनेछन् । 

यदि उपराष्ट्रपति पनि काम गर्न नसक्ने अवस्था आएमा राष्ट्रपतिलाई विस्थापित गर्ने कानुन अनुसार तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले भूमिका निभाउनु पर्नेछ । पेलोसी डेमोक्र्याट नेता भएका कारण उनका लागि असहजता भने निम्तिनेछ । सभामुखले समेत काम गर्न नसकेमा राष्ट्रपति पद वरिष्ठ रिपब्लिकन सांसद्ले पाउनेछन् । हाल ८७ वर्षीय चाल्स इ ग्रास्ले वरिष्ट रिपब्लिकन सदस्य छन् ।

सन् १९८५ मा राष्ट्रपति रोनल्ड रेगन क्यान्सरको शल्यक्रियाका लागि अस्पताल भर्ना हुँदा उपराष्ट्रपति जर्ज एचडब्लु बुसलाई जिम्मेवारी दिएका थिए । सन् २००२ र २००७ मा राष्ट्रपति जर्ज डब्लु बुसले कोलोनोस्कोपी भनिने ठूलो आन्द्राको अवस्थाबारे जाँचा सहभागी हुँदा आफ्ना उपराष्ट्रपतिलाई जिम्मेवारी दिएका थिए ।