छोराको कुटपिटका कारण ६० वर्षीय वृद्धकाे  मृत्यु

छोराको कुटपिटका कारण ६० वर्षीय वृद्धकाे   मृत्यु

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन १९, २०७७

गुल्मी । गुल्मीमा आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ ।  इस्मा गाउँपालिका ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको छोरा अनिलको कुटपिटबाट आज बिहान मृत्यु भएको हो । 

साँझ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई छोराले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकराज पन्थले जानकारी दिनुभयो ।  घाइते बस्नेतलाई थप उपचारका लागि साँझ नै तम्घास अस्पताल ल्याइएको थियो । 

मुख र छातीमा गम्भीर चोट लागेका दिलबहादुरलाई तम्घास अस्पतालले मिसन अस्पताल पाल्पा रिफर गर्‍यो  तर मिसन अस्पतालले प्रवास अस्पताल र प्रवास अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो । अस्पताल डुलाउँदा डुलाउँदै आज बिहान ४ बजे बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्त अनिल फरार  छन् ।