अवैध मदिरासहित ट्रक चालक र सहचालक पक्राउ

अवैध मदिरासहित ट्रक चालक र सहचालक पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन १९, २०७७

बागमती । एक हजार लिटर अवैध घरेलु मदिरासहित  ना६ख ५४०४ नं ट्रकका चालक र सहचालकलाई  इलाका प्रहरी कार्यालय जीतपुरले पक्राउ गरी आन्तरिक राजश्व कार्यालय सिमरामा आज बुझाएको छ । 

हेटाैँडाबाट वीरगञ्ज जाँदै गरेको उक्त ट्रकलाई बाराको जितपुर सिमरामा नियमित  सवारी  जाँचका क्रममा शङ्का लागि जाँच गर्दा सो मदिरा फेला परेको थियो । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने  ट्रक चालक ३७ वर्षीय भीमसेन पुलामी तथा हेटौँडा–१४ बस्ने सहचालक ३३ वर्षीय लक्ष्मण वल रहेको प्रहरीले जनाएको छ ।