शङ्कराचार्यको 'ब्रह्म सत्यम जगतमिथ्या' र स्टीफन हाकिन्सको 'द वर्ल्ड इज नट रियल'

शङ्कराचार्यको 'ब्रह्म सत्यम जगतमिथ्या' र स्टीफन हाकिन्सको 'द वर्ल्ड इज नट रियल'

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  आश्विन १९, २०७७

चर्चा पानीको पनि गर्नु आवश्यक छ।  विज्ञानले पानीलाई  तत्व (element ) मान्दैन । विज्ञानको मान्यतामा पानी तत्व नभएर यौगिक (compound) हो।  कुनै पनि तत्वको विज्ञानसम्मत व्याख्या हो, त्यस तत्वका एटमको भौतिक-रासायनिक संरचना एक समान हुन्छ, विभाजित हुन्न । २ अथवा २ भन्दा बढी तत्वका एटम (फरक फरक एटम ) मिलेर बनेको पदार्थलाई  विज्ञानले तत्व नभनी 'कम्पाउंड'(यौगिक ) भन्छ।

पानीको विश्लेषण  गर्दा पानीको सूक्ष्मतम अंश एउटा एटम नभएर कैयन एटमको समूह भएको पाइयो । २ तत्वका एटम  मिलेर बनेको पाइयो पानीको सबैभन्दा सूक्ष्मतम अंश, तसर्थ पानीको यस सूक्ष्मतम अंशलाई एटम नभनी एटमको समूह अर्थात 'मॉलिक्यूल' भनियो ।विभिन्न तत्वका एटम मिलेर बनेको नयाँ पदार्थलाई तत्व नभनी यौगिक भनियो। पानी २ वटा तत्वका एटम जोल्टिएर बनेको नयाँ पदार्थ भएको पुष्टि भयो । हाइड्रोजनका २ एटम र अक्सीजनको १ एटम मिलेर पानीको १ 'मॉलिक्यूल' बन्छ।

सूक्ष्म भेद छ एटम र 'मॉलिक्यूल' मा। 'मॉलिक्यूल'लाई 'एटम्स' (एटमको बहुवचन) भनेर बुझ्नुपर्छ। यौगिक पदार्थहरु (कम्पाउण्डस) को सूक्ष्मतम स्वरुप 'मॉलिक्यूल' हुन्छ। 'मॉलिक्यूल' को संरचनामा २ वा २ भन्दा बढी तत्वका एटम रहेका हुन्छन् । 'मॉलिक्यूल' विभाजित भएर पृथक पृथक तत्वका एटममा टुक्रिन्छ। अब यदि 'मॉलिक्यूल'को निर्माण २ वटा फरक तत्वका एटमले भएको हो भने त्यस 'मॉलिक्यूल' ले बनेका पदार्थ 'कम्पाउंड' श्रेणीमा आउछन, तर तर यदि 'मॉलिक्यूल'को निर्माणमा एउटै तत्वका एटमको भूमिका छ भने त्यसलाई 'कम्पाउण्ड' नभनी तत्व नै भनिन्छ ।

जस्तो कि हाइड्रोजन तत्वका २ वटा एटम मिलेर बनेको हाइड्रोजन ग्यासको सूक्ष्मतम अंश एटम नभएर 'मॉलिक्यूल' हुन्छ, ( किन भने १ भन्दा बढ़ी एटम संयुक्त छन ) तर यसको सूक्ष्मतम अंश 'मॉलिक्यूल' भएर पनि हाइड्रोजन ग्यास तत्व कै श्रेणीमा आउँछ,'कम्पाउंड'को श्रेणीमा आउँदैन किनकी यसको 'मॉलिक्यूल'मा एउटै तत्वका एटम  छन् । अर्थात् हाइड्रोजन ग्यासको मॉलिक्यूल विभाजित गर्दा दुइवटा एटममा विभाजित  भए पनि यी २ वटै एटम एउटै मूल तत्व हाइड्रोजनका एटम रहेका हुन्छन् ।  

मानिसका लागि विखण्डन सजिलो छ ,संलयन गाह्रो ।  तर प्रकृतिको रचनाधर्मितामा नाभिकीय संलयन विधि प्रयोगमा आउँछ, नाभिकीय विखण्डन विधि प्रयोग भएको कतै  पनि पाइन्न । अद्वैतको तुलना संलयन विधिसँग गर्न सकिन्छ।  द्वैत भन्नु  नै विखण्डन हो।

तर पानीको 'मॉलिक्यूल' को विश्लेषण गर्दा हाइड्रोजनका २ वटा र अक्सीजनको एउटा  एटम पाइन्छन, त्यसैले पानी तत्व नभएर यौगिक (कम्पाउण्ड ) हो। अर्थात २ तत्वका एटम जोल्टिएर बनेको अर्को नयाँ पदार्थ हो पानी ।

अहो, यो लेख्दा राजेश पोखरेलको समझना आयो। अनामनगरमा पोखरेल बेकरी सञ्चालन गरेर बसेका उनी मेरा पुराना मित्र हुन। उनको पसल मेरो चिया गफ गर्ने थलो हो।  कैयन पटक उनको पसलमा भएका गफका दौरान मैले अनेको धार्मिक कुरीति, गुरुडम, अन्धविश्वास बारे आफ्नो स्पष्ट मत व्यक्त गरेको उनले सुनेका थिए।  एक दिन मोहन दाहाल र म विज्ञान हुँदै  अध्यात्म विषयक  गफमा लीन थियौ । मैले पानी मूल तत्व नभएको भने । मोहनजीले प्रतिवाद गर्दै हिन्दू अध्यात्म विज्ञानमा भनिएका ५ मूल तत्वमा पानी पनि एउटा मूल तत्व मानिएको स्मरण गराउनु भयो। मैले सांकेतिक रुपमा भने, मोहन दाई  अध्यात्म विज्ञानमा भनिएका ५ तत्वको विभाजनमा तत्वको तन्मात्रा सम्बन्धी विश्लेषण पनि छ नि ! त्यों पढ्नु भएको छैन ?

मोहनजी त चुप लाग्नु भयो, मित्र राजेश भने म माथी खनिए, तपाईँ जुन कुरामा पनि विज्ञान पसाउनु हुन्छ।  धार्मिक मान्यतालाई अन्धविश्वास भनी दिनु हुन्छ, चमत्कारलाई  मान्नु हुन्न, तपाईँ कस्तो सन्यासी हो ? हाम्रा धर्म ग्रन्थहरुमा स्पष्ट लेखिएको छ-क्षिति जल पावक गगन समीरा ,पांच तत्वले बन्यो शरीरा ! अब तपाई यसको  पनि खंडन गर्नु हुन्छ , पानीलाई  तत्व मान्नु हुन्न ?

मलाई थाहा थियो मित्र राजेशसंग धर्म -अध्यात्म विषयक कथ्य ग्रन्थभन्दा बढी न त अध्ययन छ न त श्रवण नै। त्यों बेला व्यापक चर्चाको कुनै अर्थ थिएन,येन केन प्रकारेण प्रसंग टुङ्ग्याउनु पर्‍यो।

आज यहाँ चर्चा गर्न मन लाग्यो।  वैदिक विज्ञानमा मूल तत्व आकाश हो।  आकाश तत्वबाट (आकाश तत्वमा ) वायु तत्वको उत्पत्ति भयो, वायु तत्व पछि अग्नि तत्व अस्तित्वमा आयो ,अग्नि तत्व पछि बन्यो जल तत्व र जल तत्वको अस्तित्व उदय भए पछि मात्रै क्षिति तत्वको (माटो) उत्पत्ति भयो। अलिक विचार गरी हेर्नुस त वैदिक विज्ञानले आकाश बाहेक कसैलाई  मूल तत्व मानेको रहेनछ।

वैदिक विज्ञानले भनेको मूल तत्व आकाशलाई  एनर्जी  बुझेर मूल्याङ्कन गर्नुस त !

आधुनिक विज्ञानमा प्राथमिक तत्व हाइड्रोजन, हीलियम वायु कै प्रतिनिधित्व गर्दैनन र ? यस पछि बनेका बोरोन, कार्बन र अक्सीजन भनिएका अग्निलाइ नै 'रिप्रेजेंट' गर्दैनन र ? वैदिक विज्ञानले भनेको वायु र अग्नि पश्चात् मात्रै जलको उत्पत्ति भयो लाई पानीको 'केमिकल'अध्ययनले पुष्टि गर्दैन र ? हाइड्रोजन र अक्सीजनको परस्पर संयोजन नै होइन र पानी ? अर्थात वायु र अग्निको संयोजन नै होइन पानी ? अब त विज्ञानले पनि पानी बने पश्चात् धूलि कणको (पृथ्वीको) उत्पत्ति भएको मान्न  थालेको छ।

अल्प ज्ञान नै भेदको कारण हो, र अल्प ज्ञानको व्यवसाय नै सबै  वाद विवादको कारण हो।  अध्ययन जति जति बढ्दै जान्छ, भेद दृष्टि त्यति नै तिरोहित हुँदै जान्छ। विज्ञान जति उन्नत हुँदै जान्छ, सनातन हिन्दू धर्म अध्यात्म विज्ञान ( वैदिक विज्ञान-वेद नै सनातन हिन्दू को मूल हो) त्यति नै प्रतिष्ठित हुँदै जान्छ।  दुबै क्षेत्रका अल्पज्ञ भने निजी स्वार्थबस दुबै बिच भेदको व्यापार गरी रहन्छन । सामान्यजन यसैमा अल्झी रहन्छन।

सैयो  वर्ष पहिला शंकराचार्यले भने - 'ब्रह्म सत्यम जगत मिथ्या'।  यसलाई न अल्पज्ञ आध्यात्मिकले बुझे, न अल्पज्ञ विज्ञानीले। तर २१ ओ शताब्दीको प्रारम्भिक वर्षमा स्टीफन हाकिंसले पनि त फरक शब्द र शैलीमा त्यै अभिव्यक्ति 'रिपीट' गरे -'वर्ल्ड इज नट रियल'। शंकराचार्यको अभिव्यक्तिको मजाक बनाउदै आएका अल्पविज्ञानी र प्रचारक स्टीफन हाकिंसको अभिव्यक्तिमा मौन धारण गर्छन ।  आध्यात्मिक अल्पज्ञको छाती चौड़ा हुन्छ।  तर यिनै अल्पज्ञका चौड़ा छाती विज्ञानले यिनका अन्धविश्वास ध्वस्त गरी दि‌ंदा खुम्चिन पुग्छ ।

शंकराचार्यको ब्रह्म सत्यम जगत मिथ्याको आशय के हो ? शाब्दिक अर्थ लाउनेले ब्रह्म बाहेक सबै कुरा झूठा हो, अर्थ  लाउछन।  तर शंकराचार्यको आशय उनीहरुले बुझेकै जस्तो सरल सोझो र ठाडो भएको भए शंकराचार्य  विभिन्न स्तोत्र र मठ -मन्दिर-पीठको स्थापना गर्दै हिड्ने थिएनन्।  के उनी मिथ्या अन्नपूर्णा देवीसँग भिक्षा माग्ने  थिए ? उनको बृहद आशय थियो -संसार ब्रह्म कै प्रतिकृति हो ,ब्रह्म कै विस्तार हो। ब्रह्म मूल हो ,प्रतिकृति र विस्तार मूल मै समाहित हुन्छन्।

 यही कुरा त विज्ञानले आफ्ना शब्दमा  यसरी भन्छ- 'व्होल यूनिवर्स इज एक्सपान्सन अफ एनर्जी', सारा संसार एनर्जी को विस्तार हो । ब्रह्म अथवा एनर्जीको 'मेनीफेस्टेसन' हो समस्त संसार । यो 'मेनीफेस्टेसन' ब्रह्म जति कै सत्य छ र यो 'मेनीफेस्टेसन' साक्षात ब्रह्म कै ( एनर्जी कै ) भएकोले अन्ततः घूमीफर्की ब्रह्म मै (एनर्जी ) समाहित हुन्छ।  एनर्जी मै रूपान्तरित हुन्छ।

ऊर्जा -पदार्थको समीकरण बनाउने आइंस्टीनलाई  महान अद्वैतवादी  मान्नु पर्ने होइन र ? पदार्थ एक रूपबाट अर्को रूपमा, दुई अथवा दुइ भन्दा बढी पदार्थ मिलेर अनेको नयाँ पदार्थका रूपमा देखापर्छ ,तर पदार्थको अवस्था स्थाई हुन्न।  पदार्थ एनर्जीमा रूपान्तरित हुन्छ, रूपान्तरित मात्रै हुँदैन, सत्य त के हो भने पदार्थ निर्माण  हुँदा जति एनर्जी लागेको हुन्छ अर्थात पदार्थको 'मेनीफेस्टेसन' हुँदा जति एनर्जी संगठित भएको हुन्छ त्यों पदार्थ 'डिमेनीफेस्टेसन' हुँदा सम्पूर्ण  एनर्जी जस्ताको त्यस्तै एनर्जीमा रूपान्तरित हुन्छ, अलि कति  पनि  एनर्जीको क्षति /ख़ति (loss  ) हुँदैन।

यति खेर ठ्याक्क, अहिले सम्झिनुस त उपनिषदको सूत्र -

ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॥

यो प्रार्थना हो कि एनर्जीको  पदार्थमा 'मेनीफेस्टेसन' र पदार्थको पुनः एनर्जीमा 'डिमेनीफेस्टेसन' एवं यस समस्त प्रक्रियामा जति समय लागे पनि (पदार्थ जति दिन अस्तित्वमा रहे पनि ) एनर्जीको मात्रामा लेशमात्र पनि अंतर आउँदैन भन्ने गूढ़ विज्ञान !

अब त विज्ञानलाई  पनि थाहा छ कुनै २ वटा तत्वका एटम जुटेर तेश्रो तत्वको निर्माण हुँदा पनि एनर्जी  निष्काषित हुन्छ, नयाँ बनेको पदार्थ पनि एनर्जी नै हुन्छ।  हाइड्रोजनका एटम जुटेर हीलियम निर्माण हुँदा एनर्जी निष्काषित हुन्छ, सूर्यमा यसै प्रक्रियाद्वारा अथाह एनर्जी निष्काषित हुन्छ जसलाई हामी प्रकाश भन्छौ। दुई वा दुईभन्दा बढी एटम जुटेर हुने नाभिकीय अथवा परमाणु  संलयन (nuclear fusion) प्रक्रियामा पनि एनर्जी उत्सर्जित हुन्छ।  एटम टुक्र्याउँदा हुने नाभिकीय अथवा परमाणु विखण्डन (nuclear fission ) प्रक्रियामा पनि एनर्जी उत्सर्जित हुन्छ। एनर्जी बाहेक अन्य केहीको पनि त अस्तित्व रहेनछ।

सबै प्रकारका आध्यात्मिक द्वैत मत 'सिम्पली बेस्ड ऑन मेनीफेस्टेसन अफ एनर्जी एंड देयर ट्रस्ट एण्ड बिलीभ इज फोक्सड ऑन मैटरलिस्टिक इमेजेज विद दिस हाइएस्ट ट्रस्ट दैट  दीज इमेजेज क्यारी सुपर कांशसनेस (एनर्जी ) एण्ड  थ्रू दिस कांशसनेस माई ट्रांसफार्मेसन इज पॉसिबल। ( द्वैत मतालम्बीको मतानुसार सबै किसिमका रूप ब्रह्म कै प्रतिरूप हुन,  ब्रह्म कै स्वरुप हुन।  सबै रूपका पछाडि ब्रह्म नै लीला गरी रहेको छ र यस स्वरुप ब्रह्मको माध्यमले मेरो रूपान्तरण सम्भव छ )

यसैगरी अद्वैत मतालम्बीका अनुसार  'अल मेनीफेस्टेसन आर ओनली सिमुलेशन , द ज़िगज़ैग अफ सुपर कान्शसनेस (एनर्जी ) ,बिहाइण्ड दीज अल इमेजनरी मैटरलिस्टिक इमेजेज  नथिंग इज ट्रुथ, दिस इज ओनली प्ले अफ एनर्जी , द ब्रह्म (सुपर कांशसनेस / एनर्जी ) इज ओनली फैक्ट ,सो नाट नीड टू गो  दिस लॉन्ग एण्ड लेंदी वे, लेटस थिंक एण्ड डिफाइन डाइरेक्टली ब्रह्म। माई एनर्जी इज  कैपेबल टू एक्सप्लोर एण्ड डिजाल्भ इन सुपर कान्शसनेस, बिकाज आई नो आई एम् आल्सो पार्ट  अफ सुपर कान्शसनेस'। (अद्वैत मतालम्बीको मतानुसार सबै रूप सबै स्वरुप आभासी मात्रै हुन, ब्रह्मको लीला मात्रै हुन ,स्वरुपका पछाडि सत्य केही छैन ,यो सब ब्रह्मको लीला मात्रै हो, तसर्थ  आभासी स्वरुपको झन्झटमा नपरी सोझै ब्रह्मको चिन्तन गरौ, मसँग सीधै ब्रह्मको साक्षात्कार गर्ने क्षमता /पात्रता छ किनकी मलाई थाहा छ म पनि ब्रह्म नै हो )

तपाईलाईँ  थाहै छ अहिलेसम्म वैज्ञानिकहरुका लागि नाभिकीय संलयनबाट (  Nuclear fusion )  एनर्जी उत्पादन सहज हुन सकेको छैन। हो, विध्वंस भने सहज भइसकेको छ।  हाइड्रोजन बम, आणविक विधुत  यस्कै  उदहारण  हुन । तर पानीमा रहेको हाइड्रोजन एटमलाई  संलयन गरेर  विज्ञानले विधुत बनाउन सकेको  छैन। नाभिकीय  विखण्डनबाट (Nuclear fission ) विधुत बनेको पचासो वर्ष भइसक्यौ। मानिसका लागि विखण्डन सजिलो छ ,संलयन गाह्रो ।  तर प्रकृतिको रचनाधर्मितामा नाभिकीय संलयन विधि प्रयोगमा आउँछ, नाभिकीय विखण्डन विधि प्रयोग भएको कतै  पनि पाइन्न । अद्वैतको तुलना संलयन विधिसँग गर्न सकिन्छ।  द्वैत भन्नु  नै विखण्डन हो।

यो पनि 

हिँड्दा / दगुर्दा तपाईँको आकार सानो हुन्छ, गतिमा आकार खुम्चिन्छ !

ब्रह्माण्ड मै समयका भिन्न गति : हिन्दु शास्त्रहरूमा विभिन्न लोकमा फरक फरक समयको व्याख्या

'टाइम डाइलेसन'बारेमा हिन्दुशास्त्र : प्रकाशको गतिमा समय र पदार्थ दुवैको मृत्यु हुन्छ !

समयको पोस्टमार्टम : समयको मूल यूनिट सेकेण्ड के हो ?

१ लिटर पेट्रोलमा २० किमी गुड्ने कारलाई प्रकाशको गतिमा १ घण्टा गुडाउन कति पेट्रोल चाहिन्छ ?

तापमानको संयोजन मार्फत पदार्थलाई अर्को २ अवस्थामा रूपान्तरित गर्न सकिन्छ