चितवन मेडिकल कलेजमा कोरोनाबाट वृद्धको मृत्यु

चितवन मेडिकल कलेजमा कोरोनाबाट वृद्धको मृत्यु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन २०, २०७७

भरतपुर । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको  कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिनुभयो । निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।

 उहाँलाई उपचारका क्रममा  असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएसँंगै उहाँलाई  कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।