अडान काठमाडौमा नयाँ नेतृत्व

अडान काठमाडौमा नयाँ नेतृत्व

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र १८, २०७५

 

काठमाण्डौं । नेपाल अडिटर्स एशोसिएसन (अडान)को  काठमाण्डौ जिल्ला कार्य समितीको पाँचौं जिल्ला अधिबेशन सम्पन्न भएको छ ।

उक्त अधिबेशनलाई नेपाल अडिटर्स एशोसिएसन (अडान) का केन्द्रिय अध्यक्ष मोहनराज रेग्मी तथा संस्थापक अध्यक्ष कमल खरेलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको अधिबेशनले पोषकलाल श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय काठमाण्डौं जिल्ला कार्य समितीको निर्बिरोध चयन  गरेको अडानले जनाएकोे छ ।

जसमा उपाध्यक्षमा पूर्णबहादुर चन्द, सचिवमा डिल्ली राम उपाध्याय सुवेदी, सह सचिवमा राजेश कुमार दत्त, कोषाध्यक्षमा अनिता सिलवाल  तथा सदस्यहरुमा क्रमशः चिन्तामणी अधिकारी, दानाप्रसाद अधिकारी, हरिराज भट्ट, रमेश थापा, गणेशराज रेग्मी,साबित्री श्रेष्ठ,गणेशप्रसाद दाहाल, ईश्वर पौडेल,  शेखर सिटौला र  अनिल बस्नेत चयन हुनुभएएको छ ।