विनयको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक

विनयको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन २०, २०७७

काठमाडौँ । विनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ ।  सो गीतमा कार्की र प्रबिसा अधिकारीको स्वर छ । 

गायक, सङ्गीतकार  एरेञ्जर कार्की द भ्वाइस अफ नेपाल –२ का उत्कृष्ट प्रतियोगी पनि हुनुहुन्छ ।  सो गीतका शब्द, सङ्गीत र निर्देशन रोजल थापाको हो । गीतमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको अभिनय छ । छायाङ्कन वीरेन्द्र भट्ट, सम्पादन अनिल राना र कोरियोग्राफी रोहित बस्नेतले गर्नुभएको हो ।