पाठ्यपुस्तकको पर्यटनसम्बन्धी गलत सन्देश सच्याउन माग

पाठ्यपुस्तकको पर्यटनसम्बन्धी गलत सन्देश सच्याउन माग

लोकसंवाद संवाददाता  |  शिक्षा  |  आश्विन २०, २०७७

काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कक्षा ७ को नेपाली विषयको पाठ्यपुस्तकको पर्यटनसम्बन्धी गलत सन्देश सच्याउन पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण गराएको छ ।

केन्द्रले २०७१ सालमा प्रकाशन गरेको प्रा. डा. बद्रीविशाल भट्टराई र लालनाथ सुवेदीले लेख्नुभएको उक्त विषयको पाठ चारको पेज नं २७ मा चितवनको वाल्मीकि आश्रमलाई पर्सामा पर्ने भनिएको छ भने तनहुँतर्फको देवघाटलाई चितवनमा पर्ने भनिएको छ ।

महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले सोमबार केन्द्रलाई ध्यानाकर्षणपत्र पठाई यथाशीघ्र गल्ती सच्याएर पठनपाठन गराउन विद्यालयमा निर्देशन दिन माग गरिएको छ ।