यस वर्षको भौतिक विज्ञान तर्फको नोबेल पुरस्कार तीन जानालाई संयुक्त रूपमा दिने घोषणा

यस वर्षको भौतिक विज्ञान तर्फको नोबेल पुरस्कार तीन जानालाई संयुक्त रूपमा दिने घोषणा

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  आश्विन २०, २०७७

 काठमाडौँ । यस वर्षको  भौतिक विज्ञान तर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ । पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको छ । 

रोजर पेनरोज , रेंहार्ड गेन्जेल र एंड्रिया गीजलाई पुरस्कार दिने घोषणा ६ अक्टूबर२०२० मा गरिएको हो ।

झट्ट सूचना हेर्दा यो वर्ष पुरस्कार  'कॉस्मोलॉजी' (black hole cosmological model)  क्षेत्रले पाएको छ ।

 युकेका ८९  वर्षीय रोजर पेनरोजलाई पुरस्कारको आधी रकम  'जनरल रिलेटीभीटी थ्योरी' अनुसार ब्लकै होल निर्माण सम्बन्धी  पूर्वानुमानका लागि प्रदान गरिएको हो । 

यसै गरी जर्मनीका  ६८  वर्षीय रेंहार्ड गेन्जेल तथा ५५ वर्षीय एंड्रिया गिजलाई संयुक्त रूपमा पुरस्कारको आधी रकम (आधी रकमको ५०-५० प्रतिशत) 'मिल्की वे' को केन्द्रमा एउटा 'सुपर मैसीभ ब्लैक होल' खोज गरे बापत प्रदान गरिएको हो  ।