'बौद्धिक चोरी' को समाचारमा टिप्पणीको प्रतिटिप्पणी : केहीको चित्त फाट्यो, केहीको हड्डी हाँस्यो
आश्विन २१, २०७७

लोकसंवाद डटकमले २०७७ साल असोज १६ गते  शुक्रवार बिहान प्रकाशित भएको एउटा समाचार  ‘प्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद ‘बौद्धिक चोरी’को आरोपै आरोप’  प्रति अनेत्र जस्तै यस पङ्क्तिकारको पनि पर्याप्त ध्यान कृष्ट भएको छ । खास गरी प्राध्यापकहरूले विद्यार्थीहरूलाई राम्रो कुरा सिकाएका हुन्छन् । अझ शोधार्थीहरुका लागि त प्राध्यापकहरूको मार्गनिर्दैशन सबैभन्दा अचुक औषधि नै मानिन्छ ।

त्यस कारण उहाँ (खगेन्द्र) ले बौद्धिक चोरी गर्नुभयो भन्दा केहीले सार्वजनिक रुपमा नै चित्त दुःखाईकाे विषय बन्यो भने कसैको हड्डी हाँसेको  समेत पाइयो । लेखमाथिको प्रतिक्रिया हेर्दा चित्त दुखाउने चोर्नु ठिक नभने पनि त्यति बेला सन्दर्भ सामाग्रीमा अप्राप्यतामा 'सारेको' होला भनी सहानुभूति राेखेकाे पाइयो वा प्रतिलिपि अधिकार सम्बन्धी कानुन नबनेकाले त्यसो गरेको होला भनेर 'रुन्चे स्वर' मा सहानुभूति दिए ।

हड्डी हाँस्नेहरूले चाहिँ अहिले मात्रै थाह पाएको हो र ?  जसरी आफ्नो बौद्धिक ज्ञानकै 'बेइमानी पूर्वक बेइज्जत' गरेको देखिँदै छ । धेरैजसो नेपाली भाषा पढाउने शिक्षकहरूले ओहो उहाँले त्यसो पो गर्नु भयो ! भन्दै उडाएको पनि देखियो । यदि साँच्चै थाह नपाएको हो र त्यहाँ लेखिएको विषय सत्य हो भने उहाँहरू सामाजिक सञ्चालनमा आलोचना गर्नेहरू पनि कम दोषी छैनन् । प्रतिकृयाधारीहरुको नामको अगाडि सबैको ‘डा.’ लागेको छ । त्यस कारण उहाँ अर्थात् (खगेन्द्र) लुइँटेलको 'बौद्धिक चोरी' को विषयबाट उनीहरू विस्मृतिमा परेका छन् भन्ने लाग्दैन । 

के हो यो ? साँच्चै  पूर्व उपकुलपति तीर्थ खनिआँको बाटो पछ्याएकै हुन त ? यति भएपछि अब उपकुलपति पक्का !’, डा. विन्दु शर्माको फेसबुकमा यो कुरा उल्लेख गर्दै लखेर शेयर गरेको देखियो । उहाँले यसो भनिरहँदा त्यहाँ व्यङ्ग्य मिसिएको थाह पाउन जो कोहीलाई पनि गाह्रो छैन ।

वामपन्थी धारका बताउने प्रध्यापकहरु शेयर भएको लेखमा वामपन्थी धारकै डा. हरुले टिप्पणी गरेको पाइन्छ । यसमा विन्दु शर्मा अनभिज्ञ छैनन् भन्ने कुरा यो पङ्क्तिकार प्रस्ट थाहा छ किनभने लामो समय शर्माका श्रीमान् डा. नेत्र एटमले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा नेपाली विषय पढाउनु भएकै हो  । उहाँ आफै पनि हाल रत्नराज्यलक्ष्मी क्याम्पसमा पढाउनुहुन्छ । यसर्थ खगेन्द्र लुइँटेललाई सिधै भन्न नसकेर व्यंग्य मिश्रित भाव प्रकट प्रस्टै देखिन्छ । 

अर्का टिप्पणीकर्ता रमेश भट्टराईले अलिक सूचना दिए जसरी ‘ओहो ! अचम्म । यस्तो खोजी गर्ने पत्रकार पनि समाजमा अझै रहेछन् । तर मोतीलाल पराजुलीको लोकवार्ता र उहाँले आफ्नो सामग्रीका बारेमा गर्नुभएको चिन्ता र गुनासो, रामचन्द्र लम्सालको कोश विज्ञान र त्यसको तुलना , विष्णुप्रसाद ज्ञवालीको पैरवी प्रकाशनको समकालीन उपन्यास, त्यतिखेरका प्रमाणपत्र तहका पुस्तक र अन्य सामग्री त पढ्न पाएन छन् नि यी पत्रकारले’, यस्तो भन्नसम्म भ्याए  ।

अहिलेको पुस्तामा निकै राम्रो पुस्तक समीक्षा गर्ने पहिचान बनाएका  महेश कार्कीले समेत खगेन्द्र लुइँटेलको बारेमा केही थाह नपाएको जस्तो गर्नु भनेको चाहिँ अलि सुहाउने कुरा थिएन  । अझ भन्ने हो शब्द विन्यासमा मिठास ल्याउने कार्कीले लुइँटेलप्रति  सद्भाव राखेको पाइयो । अब उनको समीक्षा पढ्दा ध्यान दिनुपर्ने  भएको छ। ‘हामी पो छक्क । हामीले कसलाई के भन्ने ? हामीले कोबाट के सिक्ने अब नि ?’, कार्कीको यो भनाई मा खासै दम छैन । यसले राम्रो सन्देश दिएन है हामीजस्ता पाठकलाई समीक्षाको पाटो छाडेर फेरी अध्ययनतिर बरालिएकै राम्रो कार्कीलाई पनि मेरो सुझाव छ  ।

शुक्रवार बिहानै त्यही लेख एक जना पत्रकारले पनि सामाजिक सञ्जालमा शेयर गरे । नागरिक दैनिकमा कार्यरत पत्रकार टपेन्द्र कार्कीको आफ्ना कुण्ठा सहित टिप्पणीकर्ताका रुपमा आफूलाई दर्ज गरे । आफू र आफू कार्यरत  पत्रिकामा एक शब्द पनि नलेख्ने तर लुइँटेलको प्रतिको सम्पूर्ण आक्रोश र तुस पोख्दै 'चाटुकार' भन्न सम्म भ्याए ।

 पत्रकार कार्कीको टिप्पणी प्रति अर्का कुण्ठाधारी प्रतिटिप्पणीकर्ता जस खोज्दै देखा पर्दछन् ।  आफूलाई युवा पुस्ताको गजल सिद्धान्तको ज्ञाता मान्ने घनेन्द्र ओझाले कार्कीको कुण्ठामा आफ्नो कुण्ठा पोखे । ‘यता कडै आएछ, यस लेखप्रति मेरो सहमति वा असहमति छैन । चार वर्ष अघि सर्वोच्च अदालतमा स्वागत नेपाल र मैले नेपाली वर्णविन्यासबारे सरकार विरुद्ध मुद्दा दायर गरेपछि जस लिन विश्वविद्यालयमा केही चाटुकारहरूलाई भेला गरी नेपाली भाषा र साहित्यको उत्थानमा लागेको देखाएका थिए । त्यसपछि यस्ता ढोंगीहरुप्रति मेरो सद्भाव पनि रहन सकेन’, नागरिक दैनिकका पत्रकारले कार्कीको यस्तो भन्दै लेखलाई शेयर गरेको पत्रकार ओझाको सामाजिक सञ्जाल फेसबुकमा लेखे ।

त्यहाँ उनको सामान्य कुण्ठा देखिए पनि खगेन्द्र लुइँटेललाई जोगाउने गरी ओझाले ‘अलिक कुरो मिलेन कि! मुद्दा सरले हाल्नुभएको साँचो भए पनि चाटुकार मात्रले भाषा बचाऔँ अभियान गरेका थिएनन है! त्यसको संस्थापकमध्ये एक म पनि हुँ! व्यक्तिको रिस सबैमा नथोपरौँ! तपाईँले व्यक्तिगत रूपमा गरेको कार्य सराहनीय हो तर यसको जस कोही एउटाले लिने अवस्था छैन! गाउँले बलदेव अधिकारी र शरदचन्द वस्तीदाजुहरूको भूमिका र योगदानसँगै मानक नेपाली भाषा अभियानसमेतको योगदान बिर्सन मिल्दैन! व्यक्ति मन पर्दैन अलग कुरा हो, सबैलाई एकै डालामा नहालौँ! र, सरलाई मुद्दा हाल्न प्रेरित गर्ने एउटा मनुवाचाहिँ म पनि हुँ ।’ खगेन्द्र लुइँटेललाई केही हदसम्म जोगाउने गरी ओझाले पनि जस लिन खोजेको देखियो । 

त्यसमा कार्कीको अर्को प्रतिक्रिया छ तर त्यही गाउँले बलदेवको कडा टिप्पणी छ । त्यहाँ वैरागी जेठा र वसन्तराज अज्ञातले पनि टिप्पणी गरेका छन् ।  प्राप्त जानकारी अनुसार सर्वोच्च अदालतमा रिट हाल्नका लागि सुरुमा गाउँले बलदेवको शरणमा पुगेका पत्रकार कार्कीले  गाउँले बलदेवले गाली गरेपछि आफैँले प्रमाण जुटाएर अधिवक्ता स्वागत नेपालसँग मिलेर रिट हालेको बताउँदै एक्लै जस लिने आतुरता देखाउँदै आएका छन्  ।  

एक्लै मुद्दा दायर गरेपछि भने कार्की र गाउँले दुवै मिलेर अहिले सर्वोच्चमा तारिख धाइरहेका छन् ।  पत्रकार कार्की सर्वोच्चमा रिट पर्‍यो भनेपछि विश्वविद्यालयमा बसेर सरकारी तलब भत्ता खाइरहेका नेपाली भाषाको बारेमा आफूबाहेक अरूलाई थाह छैन भन्ने केही सीमित प्राध्यापकहरूको निद्रा हरायो । उनीहरूले पनि ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ बनाएका हुन  पत्रकार कार्कीले आरोप लगाउँदै आएका छन् ।  ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ को अध्यक्ष प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेल भएर उल्लेख्य उपलब्धि हासिल गरेको  विषयपालाई नकार्न सकिन्न । 

 त्यो सञ्जाल केही सञ्चारकर्मी र केही साहित्यकारलाई पनि जोडिए । बलदेव गाउँले र शरदचन्द वस्तीले बर्षौसम्म यही विषय उठाए तर ती सञ्जालमा अटाउन भने सकेनन् । त्यहाँ पनि  कसले जस लिने होड चलिरहेको छ ।  सडकमा बलदेवहरू एक्लै कराए तर उनीहरू विश्वविद्यालयमा बसेर चुइँक्क सम्म बोल्न  तयार थिएनन् ।

सर्वोच्चमा अदालतमा जब रिट निवेदन परेपछि भने उनीहरूलाई लाग्यो कि अब सबै जस अर्कैले लिन भयो भनेर राष्ट्रिय पनि होइन अन्तर्राष्ट्रिय सञ्जाल गठन गरे । तर कार्की र नेपालले यो विषयमा कहीँ एक शब्द पनि उच्चारण गरेनन् पदप्रति कहिल्यै आशक्ति देखाएनन् । यो पङ्क्तिकारले बुझे अनुसार उनीहरूको रिटमाथि सर्वोच्चले अग्राधिकार दिएको छ चार वर्षदेखि तारिख धाइरहेका छन् । यद्यपि कार्कीको शुक्रबारको सामाजिक सञ्जालमा गरेको  टिप्पणीको प्रतिटिप्पणीमा यस्ताे धारणा  यसरी राखेका छन् ।

 

अनेकौँ  सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त  समाचारमा खरो टिप्पणीको प्रतिटिप्पणी  जारी छन् ।  मनि भट्टराईले लाेकस‌ंवादमा नै प्रतिक्रिया लेखेका छन्  'लेख बौद्धिक र विश्वसनीय नभई प्रतिसोधात्मक प्रतीत हुन्छ । भाषाको चयन उसरी नै भएको छ । यसरी लेख्नु हो भने जसलाई जे पनि लेख्न सकिन्छ ।'  उक्त टिप्पणी प्रति वरिष्ठ पत्रकार हरि अधिकारीको  प्रतिटिप्पणी छ - 'त्यहाँ उद्धृत गरिएका कतिपय अनुच्छेद त सोझो अनुवाद छन् त ? त्यो चाहिँ के होला मणिजी ?'

बौद्धिक चोरी समाचार माथिका  प्रतिनिधिमूलक  टिप्पणीको प्रतिटिप्पणीः

याे पनि 

प्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद 'बौद्धिक चोरी' का आरोपै-आराेप !

लोकस‌ंवाद प्रभाव : प्रज्ञा–प्रतिष्ठानद्वारा प्राध्यापक खगेन्द्र लुइँटेले 'बौद्धिक चोरी' का बारेमा छानबिन समिति बनायो

प्राध्यापक खगेन्द्र लुइटेलको स्पष्टोक्ति : पर्दापछाडि बसेर समाचार लेख्नेको जन्म कुण्डली बाहिर ल्याउन बाध्य नपारियाेस