थप आठमा कोरोना पुष्टि

थप आठमा कोरोना पुष्टि

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन २१, २०७७

पोखरा । गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा सबै पोखरा महानगरपालिकाका भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
    
अद्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ३७५ पुगेको निर्देशनालयले जनाएको छ ।