माटोको सङ्गीत वृन्दवादन समारोह हुने

माटोको सङ्गीत वृन्दवादन समारोह हुने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र १८, २०७५

काठमाडौँ । अन्नपूर्ण च्याम्बर अर्केष्ट्रा नामक संस्थाको आयोजनामा विश्व प्रतिष्ठित अर्केष्ट्रा सङ्गीत वृन्दावादन समारोह २०७६ साल वैशाख १ गते आइतबारका दिन हुने भएको छ ।

नेपालमा विगत लामो समयदेखि वृन्दावादन -violin) बजाउने गरिएको भए पनि अर्केष्ट्राको व्यवस्थित हुन नसकिरहेको समयमा अन्नपूर्ण च्याम्बर अर्केष्ट्राले ‘माटोको सङ्गीत वृन्दवादन समारोह’ -Songs of the soil orchestra concert) गर्न लागेको जानकारी दिएको छ । उक्त समारोहमा काठमाडौँ उपत्यका भित्र रहेका विभिन्न साना–साना समूह तथा सङगीत पारखी कलाकारहरूलाई एकीकृत गर्दै समारोह गर्न लागेको र यस्तो समारोह हरेका वर्ष गदै आएको पनि जनाइएको छ । 

उत्त, समारोहमा भक्तपुर स्थित माउण्ट भ्यू बोर्डिङ स्कुल, काष्ठमण्डप, काठमाडौँ प्रज्ञा कुञ्ज, वीरेन्द्र सैनिक स्कुल, रातोबंगला र एशोएस लगायतका स्कुलहरूका विद्यार्थीहरूको सहभागिता रहने आयोजकले जानकारी दिइएको छ । 

सिनियर र जुनियर गरेर दुई सेक्सनमा प्रस्तुति दिने तयारी भइरहेको गीतहरूमा राष्ट्रिय गानका अलावा  सुन गुण कसरी, लेकका हामी केटाकेटी, पानी पर्‍यो असिना झर्‍यो, सुगोली सन्धि, मेरा सबै रात, देशले रगत मागे, म मरेपनि मेरो देश बाँची रहोस् र हे आमा नेपाली लगायतका नेपाली गीत र केही विदेशी गीतमा समेत प्रस्तुति दिने तयारी भइरहेको आयोजकले बताएका छन् ।

यसको लागि विगत तीन महिनादेखि वृन्दावादनका प्रशिक्षकहरू राजकुमार श्रेष्ठ, सुदाकर बस्ती, नरेन्द्रदेव लामा, बाल गोपाल महर्जन र योगेश दुगोडियाले विभिन्न विद्यालयका विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरी रहनुभएको छ ।