ज्यान मार्ने उद्योग मुद्धामा फरार अभियुक्त पक्राउ

ज्यान मार्ने उद्योग मुद्धामा फरार अभियुक्त पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन २१, २०७७

सिरहा । ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा सिरहाको कल्याणपुर नगरपालिका– ३ इटारी प्रसाही निवासी ३० वर्षीय रामकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । मण्डललाई कल्याणपुर– ११ बाट पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।