दशकौंदेखि नसुल्झिएको अजरबैजान–आर्मेनिया युद्ध 'सैनिक हटलाइन'काे चरणमा !

दशकौंदेखि नसुल्झिएको अजरबैजान–आर्मेनिया युद्ध  'सैनिक हटलाइन'काे चरणमा !

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन २२, २०७७

आर्मेनिया र अजरबैजानबीच नागोर्नाे–काराबाखमाथि नियन्त्रणकाे विषयलाई लिएर लामो समयदेखि युद्ध गरिरहेका छन् । तीन दशकभन्दा लामो समयदेखि यो विवादलाई लिएर पछिल्लो एक साता भन्दाबढी समय देखि पुनः युद्ध चर्किरहेकाे छ । केही दिनदेखि भइरहेको लगातारको गोलीबारी र भिडन्तका क्रममा थुप्रै गैरसैनिक नागरिकले पनि ज्यान गुमाउनु  परिरहेको छ ।  

यो विवादको केन्द्रमा रहेको नागोर्नो–काराबाखको पहाडी क्षेत्रलाई अजरबैजानले आफ्नो भएको दाबी गर्दै आइरहेको छ । सन् १९९४ मा अन्त्य भएको युद्धपछि सो क्षेत्र  भने अर्मेनियाको कब्जामा रहेको  छ । 

१९८० दशकको अन्तिमदेखि १९९० को दशकसम्म चलेको युद्धका क्रममा ३० हजारभन्दा बढी मानिसले ज्यान गुमएका थिए भने १० लाखभन्दा बढीले विस्थापित हुनु परेकाे   थियाे । सो क्रममा पृथकतावादी शक्तिले नागोर्नो–काराबाखको केही इलाकामा कब्जा जमाउन सफल भए । सन् १९९४ मा युद्धविराम पछि पनि त्यस क्षेत्रमा गतिरोध भने  जारी  रहेको छ । 

गत साताको सोमबार नागोर्नो–कारबाखका अधिकारीहरुले लडाईका क्रममा २६ जना सैनिक र केही सर्वसाधारण मारिएको बताइएको छ । गत आइतबारमात्रै भएको गोलाबारीका क्रममा ४ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । यो सँगै  पछिल्लो समय  क्षेत्रमा मृत्यु हुनेको संख्या ८० नाघेको छ । यो क्षेत्रमा जारी विवादलाई लिएर टर्की, रुस र इरानजस्ता देशको चासो बढेका कारण थप संकट आउनसक्ने अनुमान गरिएको छ ।  यो क्षेत्र भएर ग्यास र कच्चा तेलको पाइपलाइन जाने भएका कारण पनि यहाँको स्थायित्वलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको हो । 

टर्कीलाई एक पटक फेरि मित्रराष्ट्रको समर्थनमा आएको छ । आर्मेनियाको रूससँग भने गहिरो सम्बन्ध रहि आएको छ । आर्मेनियामा रुसको एक सैनिक क्याम्प पनि रहेको छ  र दुवै देश सैन्य गुट 'कलेक्टिभ सिक्योरिटी ट्रीटी अर्गनाइजेशन'को सदस्य समेत हुन् । 

एक अर्कामाथि तनाव बढाएको आरोप लगाएपछि आर्मेनिया र अजरबैजान बिच भिषण युद्ध सुरु भएको छ । त्यसपछि दुवै पक्षले आफ्नो सिमानामा सैनिक जम्मा गर्न सुरु गरिसकेका छन् भने  केही इलाकामा मार्शल कानुन लागु गरिएको बताएकाे छ। यसअघि सन् २०१६ मा पनि भीषण लडाई भएको थियो । जसमा दुई सय जनाको मृत्यु भएको थियो ।

वर्तमान अवस्था ?

नागोर्नो–काराबाखका अधिकारीहरुका अनुसार गत आइतबार १६ जनाको मृत्यु भएको थियो भने एक सयभन्दा बढी घाइते भएका थिए । समाचार एजेन्सी इन्टरफ्याक्टले आर्मेनियाली अधिकारीहरुले २ सयभन्दा बढी घाइते भएको बताएको उल्लेख गरेका छन् । 

अजरबैजानका अधिकारीहरुले आइतबार केही मानिसको मृत्यु भएको र ३० जना भन्दा बढी घाइते भएको उल्लेख गरेका छन् । 

नागोर्नो–काराबाखका अधिकारीहरुले आइतबार अजरबैजानका सैनिकले कब्जा गरेको जमिन पुनः फिर्ता लिन सफल भएको उल्लेख गरेका छन् । उता अजरबैजानको सरकारले विदादित इलाकामा रणनीतिक महत्वका केही स्थान सेनाले कब्जा गर्न सफल भएको उल्लेख गरिएको छ । 

जुलाईमा सिमानामा भएको हिंसामा १६ जनाको मृत्यु भएपछि अजरबैजानमा व्यापक प्रदर्शन समेत भएको थियो । प्रदर्शनकारीहरुले सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिनु माग गरेका थिए । त्यसैले यतिबेला चलिरहेको युद्धमा आम सर्वसाधारणकाे चासो हुनुका साथै कुनै न कुनै  ढंगले सहभागी भइरहेका छन् । 

आर्मेनिया र अजरबैजान युद्धको कारण

पूर्व सोभियत संघको भू-भाग रहेका आर्मेनिया र अजरबैजान नागोर्नो–काराबाखको क्षेत्रलाई लिएर १९८० को दशक र १९९० को दशकमा शुरुवातमा पनि भिडन्तमा गएका थिए । दुवैले युद्धविरामको घोषणा गरेता पनि वास्तविकतामा भने शान्ति सम्झौतामा भने दुवै पक्ष सहमत हुन सकिरहेका  छैनन् । 

दक्षिणपूर्वी यूरोपमा पर्ने काकेशसको इलाकाको पहाडी भूमि रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिन्छ । सदियौं देखि यस क्षेत्रमा मुसलमान र इसाई शक्तिले आफ्नो प्रभुत्व कायम राखि  राख्न चाहन्छन् । सन् १९२० को दशकमा जब सोभियत संघ बन्यो तब अहिलेका दुवै देश सोभियत संघमा गाभिएका थिए र सोभियत गणराज्यका रुपमा चिनिन्थे ।

नागोर्नो–काराबाखको धेरैजसो जनसंख्या आर्मेनियाली छ तर सोभियत अधिकारीहरुले यसलाई अजरबैजानको हातमा सुम्पिदिए । यसपछि दशकौंसम्म नागोर्नो–काराबाखका मानिसले थुप्रै पटक सो क्षेत्र आर्मेनियालाई सुम्पिन अपिल गरेका थिए ।

तर सन् १९८० को दशकमा सोभियत संघको विघटन शुरु भएपछि वास्तविक विवाद सुरु भएको हो । त्यसबेला नागोर्नो–काराबाखको संसदले आधिकारिक रुपमा आर्मेनियामा सामेल हुने पक्षमा मतदान गर्‍यो । 

त्यसपछि यहाँ सुरु भएको पृथकतावादी आन्दोलत अजरबैजानले अन्त्य गर्ने कोसिस गर्‍यो । यस आन्दोलनलाई आर्मेनियाले समर्थन गर्दै आएको छ । फलस्वरुप जातीय संघर्ष हुन लाग्यो र सोभियत संघबाट स्वतन्त्र भएपछि एक प्रकारको युद्धको सुरुवात भयो । 

यहाँ भएको संघर्षका कारण लाखौं मानिस आफ्नो घरवार छोडेर पलायन हुनुपर्‍यो । दुवै तर्फबाट जातीय नरसंहारको खबर पनि आयो । सन् १९९४ मा रूसको कि मध्यस्थतामा युद्धविरामको घोषणा अघि नागोर्नो–काराबाख क्षेत्र  माथि आर्मेनियाली सेनाले  कब्जा जमायो ।

उक्त सम्झौता पछि नागोर्नो–काराबाख अजरबैजानको भाग त भयो । तर यस क्षेत्रमा पृथकतावादीको शासन चल्यो र यो क्षेत्रलाई गणतन्त्र घोषणा समेत गरे । यहाँ आर्मेनियाको समर्थनमा रहेको सरकार चल्न थाल्यो । जसमा आर्मेनियाली जातीय समूहसँग जोडिएका मानिस शासन थिए ।

यो सम्झौता अनुसार नागोर्नो–काराबाख 'लाइन अफ कन्ट्याक्ट' पनि बन्यो । जसले आर्मेनिया र अजरबैजानका सैनिकलाई अलग गर्छ । यस इलाकामा शान्ति कायम गर्नका लागि सन् १९२९ मा फ्रान्स, रुस र अमेरिकाको अध्यक्षतामा बनेको 'अर्गनाइजेशन फर सेक्युरिटी एन्ड कोअपरेशन इन यूरोप मिन्स्क' समूहको मध्यस्थतामा शान्ति वार्ता जारी छ । तर उक्त वार्ता अहिलेसम्म कुनै सम्झौतामा भने पुग्न सकेको छैन ।

पछिल्लो तीन दशकदेखि यो क्षेत्रमा तनाव जारी छ र बेलाबेला युद्ध हुँदै  आइरहेकाे छ । भौगोलिक र रणनीतिक रुपमा महत्वपूर्ण भएको कारण पनि यो विवाद जटिल बनेको हाे । 

अजरबैजानमा ठूलो संख्यामा टर्की मुलका मानिसको बसोबास रहेकाे छ । यस्तो अवस्थामा नेटोको सदस्य देश टर्कीले सन् १९९१ मा एक स्वतन्त्र देशको रुपमा अजरबैजानको अस्तित्वलाई स्वीकार गरिदै  आएको छ ।

अजरबैजानका पूर्व राष्ट्रपतिले त दुवै देशको सम्बन्धलाई ‘दुई देश एक राष्ट्र’ सम्म भन्न भ्याएका थिए । आर्मेनियासँग टर्कीको कुनै आधिकारिक सम्बन्ध भने  छैन । सन् १९९३ मा आर्मेनिया र अजरबैजानबीच विवाद बढ्दै गएपछि अजरबैजानलाई समर्थन गर्दै टर्कीले आर्मेनियासँगको आफ्नो सिमाना समेत बन्द गरेको छ ।

टर्कीलाई एक पटक फेरि मित्रराष्ट्रको समर्थनमा आएको छ । आर्मेनियाको रूससँग भने गहिरो सम्बन्ध रहि आएको छ । आर्मेनियामा रुसको एक सैनिक क्याम्प पनि रहेको छ  र दुवै देश सैन्य गुट 'कलेक्टिभ सिक्योरिटी ट्रीटी अर्गनाइजेशन'को सदस्य समेत हुन् । 

रूसका राष्ट्रपति भ्लादिमीर पुटिनको अजरबैजानसँग सौहार्दपूर्ण सम्बन्ध छ र उनले दुवै देशलाई युद्धविराम गर्न अपिल गरेका छन् । सन् २०१८ मा आर्मेनियामा लामो समयसम्म सत्तामा रहेका शेर्ज सार्गिसानका  विरुद्ध शान्तिपूर्ण विरोध प्रद्रर्शन भएको थियो । त्यसपछि यसै वर्ष भएको निष्पक्ष निर्वाचनमा विरोध प्रदर्शनको नेतृत्व गरिरहेका निकोल पाशिन्यानलाई प्रधानमन्त्री चयन गरियो ।

यसपछि भएको कुराकानीमा पाशिन्यान र अजरबैजानका राष्ट्रपति इलहाम अलीवबीच सिमानामा जारी तनाव कम गर्ने र दुवै देशबीच पहिलो सैनिक हटलाइन शुरू गर्ने सहमति बनेको थियो ।

सन् २०१९ मा दुवै देशले जारी गरेको वक्तव्यमा सो क्षेत्रमा शान्ति स्थापनाका लागि प्रभावकारी कदम उठाउनुपर्ने आवश्यकता औंल्याएको थिए । तर अहिलेसम्म त्यस्तो कुनै कदम भने चालिएको छैन । अहिलेको तनावको सुरुवात कसले गरेको हो भन्ने स्पष्ट रुपमा बाहिर नदेखिएपनि जुलाई महिनापछि यस क्षेत्रमा लगातार तनाब बढ्दो मात्रामा रहेको छ ।