‘नासा’ले जस्तै ‘इसरो’ले अनुसंधान केंद्रको ढोका खोल्यो

‘नासा’ले जस्तै ‘इसरो’ले अनुसंधान केंद्रको ढोका खोल्यो

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १८, २०७५

भारतीय अंतरिक्ष अनुसंधान संगठन (इसरो)ले पहिलो पटक सर्वसाधारणलाई सतीश धवन अंतरिक्ष केंद्र (एसडीएससी) को श्रीहरिकोटा बाट अन्तरिक्षमा ‘एमसैट सैटेलाइट’ प्रक्षेपण गरेको दृष्य हेर्नका लागि प्रवेश दिएको हो ।  

त्यसका लागि सतीश धवन अंतरिक्ष केंद्रमा पांच हजार दर्शक क्षमता भएको रंगशाला तयार गरिएको थियो । जहाँबाट रकेट प्रक्षेपण गरिएको दृष्य सजिलै हेर्न सकिन्थ्यो ।  

सोमवार श्रीहरिकोटाबाट बिहान ९ बजेर ४५ मिनेटमा ‘पीएसएलवी सी४५’ रकेट प्रक्षेपण गरिएको थियो । उक्त स्थान उत्तरी चेन्नईबाट १००किलोमीटर टाढाको दूरीमा रहेको छ । यसका साथै २८ विदेशी उपग्रह पृथ्वीको अलग अलग कक्षमा स्थापना गरिएको छ । 

अमेरिकामा अंतरिक्ष अभियानमा सर्वसाधारणलाई भावनात्मक रुपमा जोड्नका लागि ‘नासा’ले प्रत्यक्ष रुपमा यस्तो दुष्य देखाउने व्यवस्था गर्छ । यसपटक ‘इसरो’ले पनि सर्वसाधारणका लागि यस्तै कार्यक्रम राखेको थियो ।  

‘इसरो’का अध्यक्ष सिवानका अनुसार, पाँच हजार क्षमताको रंगशाला भएपनि यसपटक भने एक हजारका लागि मात्रै रकेट प्रक्षेपण हेर्ने अनुमति प्रदान गरिने बताए ।  साँढे नौ बजे रकेट प्रक्षेपण गर्ने समय भएका कारण सर्वसाधारणका लागि आठ बजे देखि नै प्रवेश दिइने पनि उनले बताए,  ‘यदि सबै कुरा ठीक रहेका खण्डमा अर्को पटक पाँच हजार लाई नै प्रवेश दिने र यसलाई विस्तार गर्दै दश हजार पुर्‍याइने पनि उनले बताए ।’ 

 
दस वर्ष भन्दा माथिका भारतीय नागरिकलाई मात्रै प्रक्षेपण केन्द्रमा प्रवेशको अनुमति दिइने र कथंकदाचित कसैमाथि केही अप्रिय घटना घटेका खण्डमा त्यसको जिम्मेवार ‘इसरो’ नहुने पनि अध्यक्ष सिवानले बताए ।