कोरोनाले ‘दीर्घ कोभिड'काे रुप धारण गर्दै ! थकाइ, कडा दुखाइ र श्वास फेर्न समस्या हुने लक्षण महिनौंसम्म रहिरहने !

कोरोनाले ‘दीर्घ कोभिड'काे रुप धारण गर्दै ! थकाइ, कडा दुखाइ र श्वास फेर्न समस्या हुने लक्षण महिनौंसम्म रहिरहने !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २३, २०७७

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्ने क्रम जारी छ । चिसो मौसम सुरु हुनै लाग्दा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार नाघेको छ भने दैनिक संक्रमित हुनेको तथ्याङ्क पनि अत्यधिक बढ्न थालेको छ । कोरोना भाइरस संक्रमितको संख्या बढेपनि आम मानिसमा अझै पनि यो भाइरसलाई लिएर दुई खाले बुझाइ ब्याप्त छ ।

एकथरी कोरोना भाइरस सामान्य भएको बताइरहेका छन् भने अर्कोथरी मानिसहरु कोरोना भाइरसबाट सक्दो जोगिन सल्लाह दिइरहेका छन् । वास्तममा कोरोना भाइरसलाई सामान्य रुपमा लिँदा र आवश्यकताभन्दा बढी जटिल रुपमा लिँदा नै जनजीवन प्रभावित बनिरहेको छ । धेरैका लागि कोभिड–१९ हल्का लक्षणहरू भएको सामान्य रोग हो भने केही मानिसका लागि ठूलो समस्या बनेर आएको छ र ज्यान नै खतरामा परिरहेको छ । थकाइ, कडा दुखाइ र श्वास फेर्न हुने समस्याजस्ता लक्षण महिनौंसम्म देखिने गरेको समेत पाइएको छ । 

यसलाई ‘दीर्घ कोभिड’ भनिएको छ र यस्तो अवस्थाले धेरै मानिसको जीवनमा नराम्रो प्रभाव समेत पारिरहेको छ । मानिसहरुमा सामान्य रुघाखोकीमा समेत आत्तिने समस्या देखा परेको छ भने वास्तममै दीर्घ कोभिडको समस्या भएकालाई थोरै हिँड्दा पनि थकान महसुस हुनु सामान्य भएको छ । तत्काललाई जीवन बचाउने उपायका केन्द्रित रहेको कोरोना भाइरसको महामारीका दीर्घकालीन असरहरुको पहिचान गर्न सुरु गरिएको छ । 

विश्वमा धेरै मानिसहरु लामो समयसम्म निको नहुने दीर्घकालीन कोभिडबाट पीडित बनेको पाइएको छ । उनीहरु कोभिडमुक्त कहिले हुन्छन् भन्ने अनिश्चित प्रश्नले घेरिएका छन् ।

दीर्घकालीन कोभिडबारे हालैमात्र चर्चा भएको हो । यसको कुनै चिकित्सकीय परिभाषा र लक्षणहरुको सूची तयार छैन । दीर्घ–कोभिड भएका व्यक्तिले दुई फरकखाले अनुभव गरेपछि यसको साझा लक्षण भनेको नै थकान हो । 

श्वास फेर्न गाह्रो हुने, सुक्खा खोकी लाग्ने, जोर्नी र मांसपेशी दुख्ने, सुन्न र देख्न समस्या हुने, टाउको दुख्ने, सुघ्ने र स्वाद थाहा पाउने क्षमतामा कमी आउने, मुटु, फोक्सो, मिर्गौला र पेटमा समस्या देखिनु यो रोगका साझा लक्षण हुन् । 

यद्यपि अध्ययन अस्पतालमा भर्ना भएर उपचार गराएका थोरै बिरामीहरूलाई समेटेर गरिएका छन् । बेलायतमा ४० लाख मानिसहरूले प्रयोग गर्ने ‘कोभिड सिम्प्टम ट्रयाकर एपले ३० दिनपछि पनि २१ प्रतिशत मानिसहरूमा लक्षणहरू पाएको देखाएको छ । जसअनुसार ५० जनामध्ये १ जना अर्थात् दुई प्रतिशत मानिसहरूमा ९० दिनसम्म पनि दीर्घ–कोभिडको लक्षण देखाएको छ । 

दीर्घ कोभिडका रोगीहरुलाई सघन उपचारमा राखेर निको हुन समय लागिरहेको छ भने सामान्यखाले लक्षण भएका मानिसहरूले समेत लामो समयसम्म देखिने र कडा खाले स्वास्थ्य समस्याको पनि सामना गरिरहेका छन् । 

युनिभर्सिटी अफ एक्सेटरका प्राध्यापक डेभिड स्ट्रेन भन्छन्, ‘हामीलाई लामो समयसम्म रहने कोभिड छ भन्नेमा कुनै सन्देह छैन ।’ उनले दीर्घ–कोभिडका बिरामीहरूलाई आफ्नो 'क्रोनिक फटिग सिन्ड्रोम' क्लिनिकमा हेरिसकेको बताएका छन ।

जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित एउटा अनुसन्धानपत्र अनुसार अध्येताहरूले रोमको सबैभन्दा ठूलो अस्पतालका १ सय ४३ जना कोभिडका बिरामीहरूको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए ।

त्यसमध्ये ८७ प्रतिशतमा कम्तीमा दुई महिनासम्म एकखाले लक्षण पाइएको थियो भने आधाभन्दा बढीले थकानको महसुस गरिरहेका थिए ।

यद्यपि अध्ययन अस्पतालमा भर्ना भएर उपचार गराएका थोरै बिरामीहरूलाई समेटेर गरिएका छन् । बेलायतमा ४० लाख मानिसहरूले प्रयोग गर्ने ‘कोभिड सिम्प्टम ट्रयाकर एपले ३० दिनपछि पनि २१ प्रतिशत मानिसहरूमा लक्षणहरू पाएको देखाएको छ । जसअनुसार ५० जनामध्ये १ जना अर्थात् दुई प्रतिशत मानिसहरूमा ९० दिनसम्म पनि दीर्घ–कोभिडको लक्षण देखाएको छ । 

एक अध्ययन अनुसार आधा मानिसहरूमा कोरोनाभाइरस संक्रमण भएको १० सातासम्म थकान कायम थियो । एक तिहाइ मानिसहरू काममा फर्किन नसकेको पाइएको थियो । 

चिकित्सकहरूले कडाखाले कोभिड र थकानबीच कुनै सम्बन्ध पाउन नसकेपनि कडा खाले थकान दीर्घ–कोभिडको लक्षण भएको भने पत्ता लागेको छ । 

मानिसहरूमा कोभिड कसरी निको भइरहेको छ भन्ने बारेमा अध्ययन गरिरहेको युनिभर्सिटी अफ ल्यास्टरस्थित पीएओएसपी–कोभिड कार्यक्रमका प्रमुख अनुसन्धानकर्ता क्रिस ब्राइट्लिङ्ग निमोनिया विकास भएका मानिसहरूमा फोक्सोमा हुने क्षतिका कारण धेरै समस्या देखापर्न सक्ने विश्वास गर्छन् ।

कोरोना भाइरस शरीरका अधिकांश भागबाट गएपनि केही साना निश्चित अंगहरुमा रहरहन सक्छ । कोरोना भाइरसले शरीरका विभिन्न कोषहरूमा एकसाथ संक्रमण गर्छ र त्यसको प्रतिरोध गर्न प्रतिरक्षा प्रणाली एकैसाथ उच्च तवरले सक्रिय हुन्छ । त्यसले पनि शरीरभरि असर पुर्‍याउन सक्छ  । मानिसका अंगहरुले गर्ने कामका आधारमा संक्रमण बदलिन सक्छ । फोक्सोमा रहेका भाइरस क्षतविक्षत भए भने त्यसले पनि लामो समयसम्म समस्या निम्त्याउन सक्छ ।

कोभिडले मानिसको ‘मेटाबोलिज्म’लाई पनि परिवर्तन गर्नसक्छ । कोरोनाकालमा मस्तिष्कको संरचनामा परिवर्तन भएका प्रारम्भिक संकेत समेत देखा परेको र यसबारे अनसन्धान जारी रहेको छ । 

कोभिड–१९ ले रगतमा अस्वभाविक घेराहरू बनाउने र शरीरभरि रक्तसञ्चार गर्ने नलीहरूलाई क्षति पुर्‍याउने जस्ता अनौठा कुराहरू गर्छ । तर लामो समयसम्म रहने कोभिडको कारण के हो भन्ने पत्ता नलागुन्जेल उपचार कसरी गर्ने भन्न पनि कठिन हुनेछ । 

कोरोना संक्रमणपछि थकाइ वा खोकी लाग्नु सामान्य कुरा हो । ग्रन्थीज्वरोपश्चत् करिब १० प्रतिशत मानिसहरूमा एक महिनासम्म थकान महसुस हुन्छ ।

अझ सन् १९१८ को जस्तो रुघाखोकीपश्चात् मानिसहरूमा पार्किन्सन भएका व्यक्तिमा देखिने जस्ता लक्षणहरू देखापरेको समेत बताइन्छ । 

समयसँगै दीर्घ–कोभिड लागेका मानिसहरूको संख्यामा भने कमी आएको देखिन्छ । यद्यपि गत वर्ष मात्र कोरोना भाइरस देखा परेको र यसै वर्षको सुरुमा विश्वव्यापी भएकाले यसबारे लामो समयको विवरण उपलब्ध छैन । यद्यपि कोरोना भाइरस संक्रमित भएपनि त्यसको असर जीवनभरी धान्नुपर्ने हुनसक्ने चिन्ता देखिन थालेको छ । 

बीबीसी रिपोर्टमा आधारित रिपोर्ट