कहाँबाट आयो मौसमविद्लाई नै अन्योलमा पार्ने भीषण हावाहुरी

कहाँबाट आयो मौसमविद्लाई नै अन्योलमा पार्ने भीषण हावाहुरी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७५

काठमाडौं  । बारा र पर्साम आइतबार आएको भूमरीसहितको भीषण हावाहुरी कस्तो प्राकृतिक विपद् हो भन्नेमा मौसमविद् नै अन्योलमा परेका छन् । ठुलो जनधनको क्षति हुने गरी आएको हावाहुरीको प्रकृति र नामबारे उनीहरु अलमलमा परेका हुन् ।

‘हावाहुरी कस्तो प्रकृतिको थियो यसलाई क नाम दिने भन्नेमा हामी अन्योलमा छौँ । यसमका लागि हामीले तथ्यांक (डाटा) मगाएर अध्ययन गर्नुपर्ने हुन्छ,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले भने, ‘यो असामान्य हावाहुरी हो भन्ने निष्कर्षमा चाहिँ हामी पुुगेका छौँ ।’ यो समाचार अन्नपूर्ण पाेस्‍ट दैनिकमा प्रकाशित छ ।