बूढानीलकण्ठकाे न्यायिक समितिका सम्पूर्ण सेवा बन्द

बूढानीलकण्ठकाे न्यायिक समितिका सम्पूर्ण सेवा बन्द

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन २३, २०७७

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकामा न्यायिक समितिका सम्पूर्ण काम बन्द गरिएको छ ।

गरपालिकाले सूचना जारी गर्दै कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय भएकाले   समितिबाट इजलास सुनुवाइ हुने सबै सेवा आगामी कात्तिक २५ गतेसम्म बन्द हुने जनाएको छ । पछिल्लो समय नगरपालिकामा सङ्क्रमणको दर बढ्दै गएको छ । नगरप्रमुख, कर्मचारी तथा स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भएका छन् ।