राजेन्द्रराज पन्तलाई 'रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१९' प्रदान गरिने (विज्ञप्तिको पूर्ण पाठसहित)

राजेन्द्रराज पन्तलाई 'रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१९' प्रदान गरिने (विज्ञप्तिको पूर्ण पाठसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २३, २०७७

झापा । रुद्र–गौरी  श्री–अम्बिका ओली प्रतिष्ठान, भद्रपुरले  सन्२०१९ (वि.सं.२०७६) का  रुद्रप्रसादओली स्मृति राष्ट्रिय कृषि पुरस्कार गोरखा  जिल्लाको  पालुङ्गटार नगरपालिका  स्थित कामधेनु गाई पालन केन्द्रका  सञ्चालक  राजेन्द्र राज पन्तलाई दिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।  

प्रतिष्ठानका अध्यक्ष  गङ्गाप्रसाद ओलीका २०७७ असोज २३  शुक्रवार एक प्रेस विज्ञप्ति जरी गरी उपरोक्त कुराको जानकारी दिइएको हो  । प्रतिष्ठानका अनुसार  'व्यावसायिक ढङ्गले गाई पालनमा हौसला बढाउन एवं प्रोत्साहित गर्न पालुङ्गा नगरपालिका– ७, च्याङ्गली, गोरखामा आफ्नै परिवारको रेखदेखमा २०५२ सालबाट श्री कामधेनु गाई पालन केन्द्र  सञ्चालन गर्दै निरन्तर रुपमा पथप्रदर्शकको भूमिका निर्वाह गर्दै आउनु भएका राजेन्द्र राज पन्तलाई १ लाख १ हजार एक सय एघार रुपैयाँ राशिको रुद्रप्रसाद ओली स्मृति
राष्ट्रिय कृषि पुरस्कार–२०१९ प्रदान गरिनेछ ।' 

सात वटा गाई पालन गरी आरम्भ गरिएको यस केन्द्रमा हाल ३५० वटा गाइहरूबाट दिनको १,३५० लिटर दूध उत्पादन एवं विक्री वितरण भई मासिक सरदर २१ लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । नमुना डेरी केन्द्रका समेत सञ्चालक रहनु भएका  पन्तको यस केन्द्रले दुग्ध उत्पादन लागत घटाउन घाँसमा आधारित भई स्वच्छ, स्वास्थ्यकर दूध उत्पादन, सफल, आकर्षक, नमुना अगुवागाई पालनगर्न ३८० रोपनी जमिनमा विभिन्न १९ थरिका कोसे, अकोसे, भुईँ र डालेघांस खेती गरिएको छ ।

वंश सुधार गर्न वाच्छी मात्र पाउने सेक्सड सिमनप्रयोग गरी कृत्रिम गर्भाधान कार्यक्रम पनि सञ्चालन गरिएको छ । यस केन्द्रसँग आफ्नै दुई वटा चिलिङ्गभ्याट र जेनरेटर पनि रहेका छन्। गाईहरूलाई बस्नको लागि काउ म्याट र जाडोमा तातोपानीको लागि सोलार हिटरहरूको व्यवस्था पनि गरिएको छ । बढी दूध दिने क्षमता भएका बुलमदरको पालन तथा उपलब्धता पनि यस केन्द्रको विशेषता हो ।

 पन्तको यस अनुकरणीय कार्यको दैनिकरुपमा हुने सयौँको अवलोकनले यस केन्द्रमा भएको प्रविधि, ज्ञान, अनुभव तथा सीपहरूको फैलावट अन्यत्र पनि भइरहेको छ । उच्च नस्लको साडें, बहर उत्पादन गरी राष्ट्रिय प्रजनन केन्द्र, पोखरालाई उपलब्ध गराइ रहेको यस गाई पालन केन्द्रमा दर्जनौँले रोजगारीको अवसर पाई रहेका छन् ।  कृषि पर्यटनको नमुना नै बन्न सफल यस केन्द्रको दूध उत्पादन क्षमता बढाएर दैनिक करिब ५,००० लिटर पुर्‍याउने योजनामा रहेका पन्त आफै डेरी सञ्चलन गरी देशका युवा शक्तिलाई विदेश पलायन हुनबाट जोगाउने र देशलाई दूधमा  आत्मनिर्भर बनाउन लागि पर्नु भएको 'रुद्रप्रसादओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१९' प्रदान गर्ने  निर्णय गरिएको जनाएको छ ।

प्रतिष्ठानद्वारा जारी  विज्ञप्तिको पूर्ण पाठसहित