फेरि गयो भूकम्प

फेरि गयो भूकम्प

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७५

काठमाडौं । सोमबार राति भूकम्‍प गएको छ ।  दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।  

सोमबार राति ८ बजेर ४७ मिनेटमा भूकम्पको धक्का महशुस भएको थियो । 

भूकम्प गएको समयमा दैलेखमा मेघ गर्जनसहित हावाहुरि चलेको थियो । हुरी र भूकम्प एकसाथ जादा स्थानीय त्रसित बनेका छन् ।