क्यान्सर विरुद्ध सचेतना अभियान : ‘आफ्नै हौसलाले क्यान्सरलाई जित्न सकिन्छ’

क्यान्सर विरुद्ध सचेतना अभियान : ‘आफ्नै हौसलाले क्यान्सरलाई जित्न सकिन्छ’

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन २५, २०७७

काठमाडाैं । स्तन क्यान्सर लागेकाले आफ्नो हौसलाले क्यान्सरलाई पराजित गरेको अनुभव सुनाउनुभएको  छ ।  नेपाल क्यान्सर सरभाइबर्स सोसाइटीले क्यान्सर विरुद्ध सचेतना अभियान क्रममा आज यहाँ आयोजना गरेको वेभ कार्यक्रमका सहभागिले सफल उपचार र मनोबलले क्यान्सरलाई पराजित गर्ने जनाएका थिए । 

अक्टोबर महिनालाई विश्वभर नै  'क्यान्सरको समयमै उपचार गर्ने हो भने निको हुन्छ' भन्ने नाराका साथ स्तन क्यान्सर विरुद्धको अभियान सञ्चालन गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अभियान सञ्चालन गरिएको छ । 

स्तन क्यान्सर लागेर निको भएकी पूजा कुँवर शुरु शुरुमा आफूलाई स्तन क्यान्सर भएपछि मरिहालिन्छ कि भन्ने रहेकोमा पछि शल्यक्रिया गरेपछि निको भएको अनुभव सुनाउनुभयो । 'यो रोग लागेपछि बाचिन्न कि भन्ने डर लाग्यो । शल्यक्रियापछि आफू भित्रबाट हौसला निकालेर  शक्ति पाएँ', उहाँले भन्नुभयो, 'शुरु शुरुमा किमो दियो कपाल झर्ने । अहिले नभएको कपाल पनि राम्रो लाग्छ । कपाल झरेर झन् नयाँ कपाल आयो । कपालदेखि नङ नयाँ आउँदा शरीरले नयाँ जीवन पाएको छ ।' 

उहाँले सबै महिलालाई स्तन क्यान्सर लागेपछि नआत्तिन समेत आग्रह गर्नुभयो । अर्का स्तन क्यान्सर स्मीता घिमिरे क्यान्सर भएरपछि मरिन्छ कि भनेर नडराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, 'मैले ऊर्जा भएर हाँसेर नै क्यान्सरलाई जितेको छु । बरु अहिले कोभिड–१९ सँग डराएको छु । रोगसँग डराउने होइन । लड्ने हो ।'  

 नेपाल क्यान्सर अस्पतालका स्तन रोग विशेषज्ञ डा प्रफुल्ल शाक्यले नेपालमा स्तन क्यान्सरको राम्रो उपचार भएको जानकारी  दिनुभयो । उहाँले स्तन क्यान्सर भएर विरलै महिलाको निधन हुने र ७० प्रतिशत महिलाको स्तन बचाएर नै शल्यक्रिया गर्ने गरेको बताउनुभयो ।  
उहाँका अनुसार क्यान्सरले स्तन फाल्नुपरे पनि फेरि बनाउन सकिन्छ । 'नेपालमा पनि नयाँ स्तन जीउकै कुनै ठाउँको मासुको माध्यमबाट बनाउन सकिन्छ',  उहाँले भन्नुभयो, 'यसको लागि ठूलो शल्यक्रिया हुन्छ । अहिले आएर हामी धेरै विज्ञ छौँ । नेपालमा सम्भव छ । कसैलाई इच्छ छ भने हामीले गर्न सक्छौँ ।' उहाँले रेजिना मुल्मीको पहिलो पटक  शल्यक्रिया गरेर स्तन बनाएको जानकारी दिनुभयो ।

यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्तन रोग विशेषज्ञ डा अरुण शाहीले स्तन क्यान्सरको समयमा नै पहिचान गरेर उपचार गरे निको हुने बताउनुभयो । उहाँले स्तन क्यान्सरको चाँडै उपचार नगर्ने हो भने फोक्सो, हड्डी र घाँटीमा असर पार्ने जानकारी दिनुभयो ।  
त्रिविवि शिक्षण अस्पताल डा सुजिता हिराचनले स्तन क्यान्सर भए पनि महिलाले गर्भधारण गर्न सक्ने बताउनुभयो । 'किमो थेपारी दिएको दुई वर्षपछि क्यान्सर निको भएपछि महिलाले गर्भधारण सक्नेछन्' उहाँले भन्नुभयो, 'सामान्य तरिकाले महिलाले बच्चा जन्माउन सक्दछन् ।' उहाँका अनुसार नेपालमा २२ जना महिलामा एक जनालाई र पुरुषमा एक प्रतिशत क्यान्सर हुने गरेको छ । 

स्तन क्यान्सर पुरुष ज्ञानवहादुर लामा किमो थेरापीबाट आफ्नो क्यान्सर निको हुने क्रममा रहेको जानकारी दिनुभयो । सरभाइबर्स सोसाइटीका कोषाध्यक्ष विनु केसीका अनुसार नेपालका ४० वर्ष मुनीको २२ प्रतिशत महिलालाई स्तन क्यान्सर हुने गरेको तथ्याङ्क रहेको छ । विश्वमा ८ प्रतिशत महिलामा स्तन क्यान्सर हुने गरेको छ । ४० देखि ५० वर्ष उमेर समूहका महिला बढी बिरामी रहेका छन् ।