थप ६२ सङ्क्रमित सहित गण्डकीमा कुल सङ्क्रमित ४ हजार ७ सय ५३

थप ६२  सङ्क्रमित सहित गण्डकीमा कुल सङ्क्रमित ४ हजार ७ सय ५३

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन २५, २०७७

गण्डकी । गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । 

थपिनेमा बाग्लुङका ३६ , कास्कीका २१  र लमजुङका पाँच जना रहेका छन् । सबै सङ्क्रमितको आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।