परनिर्भरताले निम्त्याएको महासङ्कट : भाषणमा हामीसँग सबै कुरा छ व्यवहारमा केही पनि छैन
आश्विन २५, २०७७

म २०४७ सालमा जन्मेको मानिस हुँ । म सानो हुँदा मेरो हजुरबुवाले  भन्ने गर्नु हुन्थ्यो । पहिले पहिले  हजुर बुबाहरूको पालामा नेपालको पैसा विदेश जान्थ्यो रे  !  नेपालका धेरै उत्पादन विदेश पठाइन्थ्यो रे ! तर अहिलेको अवस्थालाई हेर्ने हो भने यी भनाई साँच्ची नै कथा जस्तै लाग्न  थालेका छन् ।

समय परिवर्तनशील छ । प्रकृतिको नियम हो कि परिवर्तन समयको  माग हो ।  आज बर्सौँ बिते, देशमा धेरै ठुलठुला परिवर्तनहरू भए ।  राजनीतिक परिवर्तनका हिसाबले राणा शासनदेखि प्रजातन्त्रको बहाली, बहुदलीय व्यवस्था हुँदै गणतन्त्रको यात्रा !

यी सबै फर्केर हेर्दा  उत्साह  होइन निरासा मात्र हात लाग्छ ।  अथवा हामी कहाँ  र कता जाँदैछाैँ । उकाली तर्फ जाँदै छौँ  कि ओरोलाे  तर्फ  !  सोच्न बाध्य हुनुपर्ने अवस्था छ । मेरा हजुरबुवाको  बेला र आजको समयमा यथार्थमा  'रामकहानी'  बनिसकेको छ । 

नेपाल एक सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो ।आजसम्म नेपालीहरू कहिल्यै पनि अरु राष्ट्रको उपनिवेश वा दाश हुन परेको छैन । तर विकासको कुरोमा भने हामी किन पछाडि ?   नेपाली पैसाको सुनको बराबरीको भाउ  थियो रे ! आज के छ त अवस्था ? अफ्सोच र आत्मग्लानि हुने गर्छ ।  यसको  दोषी को ?  जवाफ पाइरहेको अवस्था  थिएन र छैन।  जनताले आफैले लडेर स्थापना  गरेको बहुदलीय व्यवस्थाको स्थापना भएको अनुभूति गर्न नपाउँदै   देश युद्धमा होमियो ।

कथित माओवादीको १० बर्से जनयुद्धको त्रास र  आतङ्कको सिकार सम्पूर्ण देशले नै भोग्न बाध्य भयो ।  जसका कारण  देश कति वर्ष पछाडि धकेलियो भन्ने कुरा कसैले पनि हिसाब राखिरहेको छ र ? १० बर्से जनयुद्धको त्रास र  आतङ्क  पीडित जनता  शान्ति प्रक्रिया र  सम्झौतासँग ठुलो आशा र अपेक्षा राखेका थिए । खासगरी  तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्ड' सँग जनताको  उत्साहको कुनै सीमा नै रहेन । 

दाेषा अरूलाई  दिने भन्दा आफ्नो देशमा हामी दुःख गर्न अफ्सोच मान्ने तर अरूको देशमा निम्न कोटीको काम र गुलामी  किन रुचौछौ ?  हामी आज निकै गम्भीर भएर सोच्नु पर्ने बेला भएको छ । हामी सम्पूर्ण नेपालीहरू एक ढिक्का भएर राष्ट्रको प्रगतिमा अघि बढे के नै असम्भव छ र यहाँ ?  तसर्थ यो महासङ्कटबाट पार लगाउन हामी सबै एक पटक  एकजुट भएर आफ्नो आफ्नो ठाउँबाट राष्ट्रको लागि  त्याग बलिदान गर्नु नै  विकल्प छैन ।

 तर  अफ्सोच निराशा बाहेक जनताले केही पाएनन् । गणतन्त्रको स्थापनासँगै  जनाताका आसा  निरासमा परिणत  हुँदै गइरहेका छन् । गणतन्त्रको लागि सङ्घर्ष गरेका जनताले भन्नु  नै पर्ने भयो  'एक राजा गयो  ६०० राजा आए ।' भ्रस्टचार र अनियमितता आज शासनको अभिन्न अङ्गका रुपमा मौलाएको छ । हामी कहाँ छौ, खाने चामलदेखि लिएर औषधिसम्म हामी आयात गरिरहेका छौँ ।  अत्यावश्यक बस्तु जस्ता तरकारीमा  पनि हाम्रो परनिर्भरता बढ्दो छ  । 

विकास निर्माणको काम त कता हो कता ! । विदेशी ऋणमा हामी चुर्लुम्म डुबेका छौँ । हामीसँग  न शिक्षाको अवसर छ न स्वास्थ्यको । हामी भाषणमा  मात्रा स्वाभिमानका कुरा गरिरहेका छौँ । तर हामी बिदेसी गुलामीमा नै सम्पूर्ण ध्यान केन्द्रित गरिरहेका छौँ ।  

राजनीतिक व्यवस्थाको उथलपुथल, सङ्घीयताको स्थापना र स्थायित्वमा अनीकन काण्डै नै काण्ड भइरहेका छन् । राज्यको उच्च स्थान र  ठाउँमा रहेकाको  'रुझाइ' हुने अरूले हेरेर बस्नु पर्ने अवस्था छ । 

हामी नेपाली आजको दिनमा पनि  प्रतिनिधि चयनमा  किन चुकी रहेका छौँ त  ?  किन हामी  आखिरमा भ्रष्टाचारी नै रोज्छौ ?  सोच्ने  कुरामा अवश्य ढिला भई सकेको छ । अब हामी यसरी 'तै चुप मैँ चुप' बस्ने हो फेरी पनि जनस्तरको गुनासो गुनासोमा  सीमित नहेरे पक्कापक्की छ । राष्ट्रको परिवर्तनको लागि  नेपाली जनता  सदैभरि  'मर्न र मार्न' तयार रहने  परिवर्तनको फल निश्चित वर्गले  उपभोग गर्न पाउने अवस्था छ ।  विकासमा हामी धेरै पछि पर्ने नै भयौं । 

हाम्रो छिमेकी राष्ट्र  चाइना र भारत आज मङ्गल ग्रहको यात्रामा  प्रतिस्पर्धा गरिरहेका छन् । हामी नेपाली  भने दालरोटी लागि लडाइँ गर्नु परिरहेको छ । हाम्रो अवस्था  कति नाजुक छ  भने  देशलाई चाइने सम्पूर्ण साधन, बस्तु विदेशबाट आयत  गर्नु  परिरहेको छ ।  भाषणमा हामीसँग सबै कुरा छ व्यावहारमा  केही पनि  छैन । 

लगाउने लुगादेखि लिएर दैनिक उपभोग्य बस्तु हामी बहिरी मुलुकमा नै निर्भर छौ, यो कहिले सम्म ?  के सधैँ हाम्रो देशले यसरी नै जीवन र राष्ट्र चलाउने हो ?  हामीले भावी  पुस्तालाई  के सन्देश दिन खोजिरहेका छौ‌- विदेशीको गुलामीबाट चलको देश अर्थात्  रेमिट्यान्सबाट चलिराख्या राष्ट्र  भनेर !?

लाखौँ युवाहरू बर्सेनि विदेश पलायन हुन्छन् । अवसरको कमी र नाजुक आर्थिक अवस्थाको भार बोक्न नसकेपछि मन मारेर भय नि खाडीमा पसिना बगाउन बाध्य छन् ।    यसको दाेषा कोसेले लिनु पर्दैन र ?  राष्ट्रको उच्च ओहोदा वा पदमा बस्नेलाई दिने वा स्वयं नेपाली नै यो दोषको भागीदार बन्ने ?

दाेषा अरूलाई  दिने भन्दा आफ्नो देशमा हामी दुःख गर्न अफ्सोच मान्ने तर अरूको देशमा निम्न कोटीको काम र गुलामी  किन रुचौछौ ?  हामी आज निकै गम्भीर भएर सोच्नु पर्ने बेला भएको छ । हामी सम्पूर्ण नेपालीहरू एक ढिक्का भएर राष्ट्रको प्रगतिमा अघि बढे के नै असम्भव छ र यहाँ ?  तसर्थ यो महासङ्कटबाट पार लगाउन हामी सबै एक पटक  एकजुट भएर आफ्नो आफ्नो ठाउँबाट राष्ट्रको लागि  त्याग बलिदान गर्नु नै  विकल्प छैन । 

 अन्ततः जित सत्यको हुन्छ । हामी एक भएमा यो परनिर्भरता महसंकटबाट  उम्किन  मात्रा होइन एक स्थापित र सफल राष्ट्रको रुपमा संसारमा चिनिन हामी सफल हुने  छौँ । यही नै आजको राष्ट्रिय आवश्यकता हो ।