वलेवा सेवा समाज जापानद्वारा पहिरो पीडितलाई नगद राहत

वलेवा सेवा समाज जापानद्वारा पहिरो पीडितलाई नगद राहत

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन २६, २०७७

बागलुङ । वलेवा सेवा समाज जापानले जैमिनीका पहिरो पीडित नगद राहत रकम हस्तान्तरण गरेको छ । सांसद डा सुर्य पाठकले समाजको तर्फवाट सङ्कलन गरिएको  ३ लाख ३७ हजार रुपैयाँ नगद राहत रकम पहिरो प्रभावित क्षेत्रमा पुगेर आइतबार हस्तान्तरण गर्नुभएको हो  । 

उक्त रकम जैमिनी नगरपालिका–१ टुनीबोट र सोही नगरपालिका–५ विनामारेका पहिरोमा परी मृतुभएका परिवार र पहिरोवाट घरमा क्षति भई विस्थापित भएको परिवारलाई नगद राहत हस्तान्तरण गरिइएको हो । गत भदौं २८ र २९ गते अविरल वर्षातका कारण गएको पहिरोले घर पुरिदा टुनिबोटमा दुई जनाको मृत्यु र ६ परिवार विस्थापित र विनामारेमा एक जनाको मृत्यु भएको थियो ।

पहिरोमा परी टुनीबोटमा मृत्यु भएका लक्ष्मीदेवि शर्मा र हरीकृष्ण शर्माको परिवार र विनामारेमा मृत्युभएको जालपादेवि शर्माको परिवार गरी जम्मा तीन जना पहिरो पीडितका परिवारलाई ३५ हजार रुपैयाँका दरले, विस्थापित ६ परिवारलाई ३२ हजार रुपैयाँका दरले र पहिरोमा परी अभिभावक गुमाएका नावालक ५ जनाका दरले ८ हजार रुपैयाँका दरले गरी जम्मा रु। तीन लाख ३७ हजार वितरण गरेको स्थानीय विद्यालय जैमिनी प्राथमिक विद्यालयका प्रधानध्यापक ऋषिराम पौडेलले जानकारी दिनुभयो ।