भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित  वेवारिसे महिलाको मृत्यु

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित  वेवारिसे महिलाको मृत्यु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन २६, २०७७

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित  वेवारिसे महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उनीको  उपचारका क्रममा आइतबार साँझ  मृत्यु भएको हो । 

यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।