आहारा खोज्दै बस्ती पस्न थाले वन्यजन्तु

आहारा खोज्दै बस्ती पस्न थाले वन्यजन्तु

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७५

सुनसरी । कोसी गाउँपालिका–३ की विमला सरदार बिहान सबेरै उठ्न डराउँछिन् । डरको कारण हो, वन्यजन्तु । बिहान सबेरै उठेर शौच वा अन्य कामका लागि घर बाहिर निस्कँदा अर्ना र हात्तीले आक्रमण गर्न सक्छन् ।

कोसी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने सुनसरीको कोसी गाउँपालिका, सुनसरीको बराहक्षेत्र, सप्तरीको कञ्चनरूप र उदयपुरको बेलका नगरपालिकाका बासिन्दाको साझा समस्या हो ।कहिले हात्तीले घर भत्काइदिन्छ त कहिले अन्नबाली खाइदिन्छ ।

कोसी गाउँपालिकाका मुस्ताक अन्सारीका अनुसार अर्ना र हात्तीले सधैं अन्नपात खाइदिन्छन् । ‘साँझ परेदेखि बिहान घाम नलागेसम्म बाहिर निस्कन डर लाग्छ,’ उनले भने, ‘घाम लागेपछि वन्यजन्तु आरक्ष क्षेत्रमा फर्कन्छन् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।