प्रहरीले स्थानीय नागरिकसंँग शान्ति सुरक्षाका क्षेत्रमा सहकार्य गर्ने

प्रहरीले स्थानीय नागरिकसंँग शान्ति सुरक्षाका क्षेत्रमा सहकार्य गर्ने

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन २६, २०७७

कैलाली । कैलालीको टीकापुरमा समुदायमा शान्ति सुरक्षा कायम गर्न टोल सुरक्षा समिति गठन गर्न थालिएको छ । टोलको सुरक्षाको जिम्मा स्थानीयलाई नै दिने उद्देश्यका साथ टीकापुर नगरपालिका र इलाका प्रहरी कार्यालय टीकापुरको सहकार्यमा धमाधम समिति गठन थालिएको हो ।

प्रहरीले स्थानीय नागरिकसंँग शान्ति सुरक्षाका क्षेत्रमा सहकार्य गर्ने, कुनै घटना भए अनुसन्धानमा सहयोग होस् भन्ने उद्देश्यका साथ यो अभियान थालेको हो । टोल सुरक्षा समिति शान्ति सुरक्षामा बढी केन्द्रित हुनेछन् ।स्थानीय परिवेश अनुसार समिति गठन हुन्छ । वडाको भौगोलिक समस्या हेरेर, जनसङ्ख्याका हिसावले पनि हुनेछ । हरेक वडामा १० भन्दा बढी समिति हुनेछन् । 

प्रहरी र नगरपालिका मिलेर थालेको यो अभियानअन्र्तगत अहिलेसम्म वडा नं १, ४,८,६मा वडा र टोल सुरक्षा समिति गठन भइसकेका छन् । अन्य वडामा गठन कार्य चलिरहेको छ । टोल सुरक्षा समिति वडास्तरीय ९ वटा र हरेक वडामा १० भन्दा माथि टोल सुरक्षा समिति गठन हुनेछन् । वडा १ को जनसङ्ख्या र क्षेत्रफल धेरै रहेकाले यहाँ २२ वटा समिति गठन भएका छन् । नगरपालिकाभरी सयभन्दा बढी समिति गठन हुने देखिएको छ ।

टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल ९ वटै वडाध्यक्षसँगको छलफलपछि सबै वडामा यो अभियान थालिएको  जानकारी दिनुभयो । यो समितिले शान्ति सुरक्षासँगै महिलामाथि हुने हिंसा न्यूनिकरण, समाजमा गलत अभ्यासका रुपमा रहेका बालविवाह, बहुविवाह जस्ता गलत परम्परा न्यूनिकरणमा समेत सघाउनेछ । 

समितिले समुदायमा विद्यमान विकृति, विसंगति, लागू औषध दुव्र्यसन न्यूनिकरणका क्षेत्रमा जनचेतना जगाउने कार्य गर्ने इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिनुभयो । 'यो अभियानले स्थानीय नागरिक र प्रहरीको सु–सम्बन्ध स्थापना हुने अपेक्षा छ', उहाँले भन्नुभयो, 'भुगोल, जनसङ्ख्या र स्थानीय परिवेशअनुसार समिति गठन गर्नै थालिएको छ । समितिमा बडघर, स्थानीय अगुवा, महिला स्वास्थ्य स्वयम सेविकालाई पनि रहने गरेका छन् ।'

टोल समितिलाई नगरपालिका र प्रहरीले प्रशिक्षण, कानुनी व्यवस्थाका कुरा, उनीहरुको दायित्वबारे समेत जानकारी दिइनेछ । टोल सुरक्षा समितिका ड्युटीमा खट्नेका लागि सुरक्षा ज्याकेट, परिचय पत्र, टर्च, एउटा समितिलाई एउटा मोबाइल जस्ता अत्यावश्यक सामग्री वितरण गरिनेछ । यी सामान नगरपालिकाले सघाएको हो । 'समुदायको सुरक्षाका लागि नागरिक आफैँलाई जिम्मेवार बनाउने उद्देश्यले यो अभियान थालिएको हो', नगर प्रमुख  रावलले भन्नुभयो, 'रातिको समयमा प्रहरीको साथमा स्थानीय नागरिकले आफ्टो टोलमा गस्ती गर्नेछन् । गस्तीमा एक वा दुईजना प्रहरी नागरिकसँगै जानेछन् ।' नगर प्रमुख रावल टोल समितिले गस्ती गर्छ भन्ने सन्देश गएमा समुदायमा हुने केही अपराधिक घटना डराएरै कमी आउने बताउनुभयो । 

नगरपालिका र प्रहरी मिलेर विद्यालयस्तरीय र टोलस्तरीय जनचेतना जगाउने खालका कार्यक्रम समेत गर्दै आएको छ । 'कोरोना महामारीका कारण समुदायमै गरिने यस्ता जनचेतनामूलक कार्यक्रम केही प्रभावित भएका छन्', नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठुकल्लाले भन्नुभयो, 'प्रहरी र स्थानीय तह मिलेर बालविवाह, लैँगिक हिंसा, लागू औषध दुव्र्यसन न्यूनिकरणका लागि जनचेतना जगाउने कार्यक्रम गर्र्दछौँ । स्वास्थ्य जोखिम कम भएमा यी कार्य समेत निरन्तर हुनेछन् ।'