जनस्वास्थ्य कार्यालय हुम्लालाई औषधि सहयोग

जनस्वास्थ्य कार्यालय हुम्लालाई औषधि सहयोग

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन २६, २०७७

हुम्ला । लामो समयदेखि मेडिकल सप सञ्चालन गर्दै आउनुभएका  र जिल्ला अस्पताल हुम्लामा कार्यरत  सिनियर अनमी सरिता बोहराले जनस्वास्थ्य कार्यालय हुम्लालाई औषधि सहयोग गर्नुभएको छ । 

उहाँले ५० प्रकारका दुई लाख रुपैयाँ मूल्य बराबरको औषधि जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहलाई आइतबार हस्तान्तरण गर्नुभयो । आफूले अस्पतालका काममा दिनरात खट्नुपर्ने अवस्था भएका कारण पसलमा राखिएका औषधि फोहोरमा फाल्नुभन्दा जनस्वास्थ्य कार्यालयलाई सहयोग गरेको बोहराले बताउनुभयो ।