फेसबुकले किन डिलिट गर्‍यो जुकरबर्गका पोस्ट

फेसबुकले किन डिलिट गर्‍यो जुकरबर्गका पोस्ट

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७५

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले कम्पनीका संस्थापक तथा सीइओ मार्क जुकरबर्गका केही पूराना पोस्ट डिलिट गरिदिएको छ । जुकरबर्गका तस्बिरहरु डिलिट भएपछि कम्पनिका कर्मचारीहरुमा तनाव थपिएको छ । 

फेसबुकले चाहेर भने यसो गरेको होइन । फेसबुकका एक जना प्रवक्ताका अनुसार भुलबस जुकरबर्गका पोस्ट डिलिट भएका हुन् । त्यसरी डिलिट भएका पोस्टमध्ये केही सन् २००७ र २००८ का समेत रहेका छन् । तर, जुकरबर्गका कतिवटा पोस्ट डिलिट भएका हुन् भन्ने एकिन हुन सकेको छैन । 

फेसबुकले यसरी भुलबस डिलिट भएका पोस्टहरु पुनर्स्थापित गर्ने कोसिस समेत गरिरहेको छ । ती प्रवक्ताका अनुसार पोस्टहरु पुनर्स्थापित गर्ने कोसिस भएपनि त्यसमा सफलता हासिल हुन सकेको छैन । उनले जुकरबर्गका डिलिट भएका पोस्टहरु ब्लग वा न्यूज रुममा भेटिने सम्भावना अझै पनि रहेको जानकारी दिएका छन् । 

पछिल्लो समयमा प्रयोगकर्ताको डाटा सुरक्षाको विषयमा फेसबुक आलोचनाको सिकार बनिरहेको फेसबुक यो घटना  पछि थप आलोचित हुने अनुमान गरिएको छ ।