ध्यान त तपाई पनि गर्नुहुन्छ,  केही कमी छ कि तपाईँको ध्यानमा !

ध्यान त तपाई पनि गर्नुहुन्छ,  केही कमी छ कि तपाईँको ध्यानमा !

ज्ञानमित्र  |  जीवनदर्शन  |  चैत्र १९, २०७५

ध्यान गर्ने कला र कौशल सबै मानिसमा धेर थोर रहेको नै हुन्छ । महत्वपूर्ण यतिमात्र छ उसले यो कता पट्टि लगाई रहेको हुन्छ, मनलाई शान्त गर्नमा वा अशान्त गर्नमा । 

डाक्टर, इन्जिनियर, विद्यार्थी, पत्रकार आदि क्षेत्रमा व्यक्तिले ध्यानबाटै सफलता पाएका हुन्छन् । दैनिक जीवनमा हामी कसैलाई काम अराउँदा यो ध्यानपूर्वक गर्नु, होशपूर्वक गर्नु भनी रहेका हुन्छाै‌, कसैले हामीलाई भनी रहेको हुन्छ, र हामी गर्छौ पनि त्यो काम ध्यानले सम्पन्न । स्पष्ट हुन्छ, ध्यान गर्ने कला हामी सबैले जन्मबाटै पाइआएका छौं, कसैले सिकाउनु पर्दैन र यसको किञ्चित पनि आवश्यकता छैन् । कुनै महत्वपूर्ण कार्य गर्दा कति सजगता, सर्तकता अपनाउँछ गर्नेले, हामी सबैलाई ज्ञात नै छ । तर यस पछि एउटा विडम्बना छ, आ–आफ्नो क्षेत्रको कार्यमा दक्षहुँदै जाँदा क्रमशः होश, ध्यान, सजगता कम हुँदै जान्छ भनौं अन्य विषयहरुमा पनि (एउटा काम गरिरहँदा) ध्यान मडारिन थाल्छ र बिस्तारै सबै क्रिया मानिसको बानीमा परिणत हुन्छन् । त्यसपछि मानिस यथावत भई होश नै नराखी, ध्यान दिने आवश्यकता नै नठानी कार्य सम्पादन गर्न थाल्छ । 

कोही ताश खेल्नमा, कोही पुस्तक पढ्नमा, कोही यौनजन्य विषय वस्तुमा यति गहिराईसम्म तल्लीन हुन्छ कि छेवैको कुनै व्यवधानले उसको ध्यानलाई बिथोल्दैन् । यी सबै नै निम्न कोटिका ध्यान हुन जसलाई भगवान महावीरले अधर्म ध्यान भनी परिभाषित गर्नु भएको छ । ध्यानको यसै धारालाई आफ्नो स्वरुपको पहिचान गर्न, ‘म को हुँ बुझ्न’ पट्टी लाउनु धर्म ध्यान हो । चेतनाको खोज, स्वभावको पहिचान, शरीरमा व्याप्त जीवनको केन्द्रको खोज गर्ने तमाम विधि, पद्धति र प्रणालीहरुको खोज गरिएको छ । यस प्रकरणमा यज्ञ, हवन, संत्सग, भक्ति, पुराण श्रवण, दान आदि कार्य प्रारम्भिक खोज हुन् । त्यस समयका मानिसहरुको मन, बुद्धिको निर्देषिताको कारण (अहिलेको भन्दाकम जटिल) उपर्युक्त कर्मकाण्डले नै मानिस ध्यानमा आविष्टित हुनपुग्थ्यो । ध्यान नै यी सबै विधि र कर्मको प्राप्य थियो, भनौं यज्ञ आदि धार्मिक कार्य गर्दै ऋषिहरु ध्यानमा प्रवेश गरी आत्म साक्षात्कार गर्न सक्षम हुन्थे । यज्ञको प्रारम्भदेखि पूर्णाहुतिको कार्य सामुहिक रुपमा सम्पन्न गरिए पनि ध्यानमा प्रवेश हुने वा नहुने कुरा नितान्त वैयक्तिक हुन्थ्यो ।

शनैः शनैः ऊ दैनिकीप्रति ‘रोबोट’ मै परिणित हुन्छ । तर पनि ध्यान गर्ने कलाकौशल उसमा रहेकै हुन्छ मात्र प्रयोगमा ल्याएको हुन्न । व्यस्त बजारमा हिंड्दै गर्दा हाम्रो ध्यान कुनै एउटा आकर्षणले आकृष्ट गर्छ, हामी त्यसमा तल्लीन हुन्छौं, यहाँसम्म कि पछाडिबाट मोटरले दिएको हार्न पनि केही बेर सम्म हाम्रा कानले सुन्दैनन् । 

कोही ताश खेल्नमा, कोही पुस्तक पढ्नमा, कोही यौनजन्य विषय वस्तुमा यति गहिराईसम्म तल्लीन हुन्छ कि छेवैको कुनै व्यवधानले उसको ध्यानलाई बिथोल्दैन् । यी सबै नै निम्न कोटिका ध्यान हुन जसलाई भगवान महावीरले अधर्म ध्यान भनी परिभाषित गर्नु भएको छ । ध्यानको यसै धारालाई आफ्नो स्वरुपको पहिचान गर्न, ‘म को हुँ बुझ्न’ पट्टी लाउनु धर्म ध्यान हो । चेतनाको खोज, स्वभावको पहिचान, शरीरमा व्याप्त जीवनको केन्द्रको खोज गर्ने तमाम विधि, पद्धति र प्रणालीहरुको खोज गरिएको छ । यस प्रकरणमा यज्ञ, हवन, संत्सग, भक्ति, पुराण श्रवण, दान आदि कार्य प्रारम्भिक खोज हुन् । त्यस समयका मानिसहरुको मन, बुद्धिको निर्देषिताको कारण (अहिलेको भन्दाकम जटिल) उपर्युक्त कर्मकाण्डले नै मानिस ध्यानमा आविष्टित हुनपुग्थ्यो । ध्यान नै यी सबै विधि र कर्मको प्राप्य थियो, भनौं यज्ञ आदि धार्मिक कार्य गर्दै ऋषिहरु ध्यानमा प्रवेश गरी आत्म साक्षात्कार गर्न सक्षम हुन्थे । यज्ञको प्रारम्भदेखि पूर्णाहुतिको कार्य सामुहिक रुपमा सम्पन्न गरिए पनि ध्यानमा प्रवेश हुने वा नहुने कुरा नितान्त वैयक्तिक हुन्थ्यो । 

भक्तिपथको यात्रा विश्लेषण पनि यस्तै हो । मानिस पहिला जिज्ञासु, खोजी, भनाै‌ विद्यार्थी झैं प्रारम्भ गरी क्रमशः साधक (ईष्टको साधना गर्नु) फेरी शिष्य हुँदै (लौकिक अथवा अन्तस गुरुप्रति पारायण हुनु) अन्त्यमा भक्त बनी ईष्टको ध्यानमा लीन हुनपुग्थ्यो । यस मार्गको अति सुन्दर पक्षभने ‘जिज्ञासु देखि भक्त सम्मको यात्रा सोपानमा ऊ कहिले ध्यानमा  प्रवेश गर्छ, उसले स्वयं पनि थाहा पाउँदैन ।’ पूर्ण रुपेण श्रद्धा र समर्पणको यात्रापथ हो भक्तिमार्ग । 

कालको कोल्टे फेराईसँगै मानिसको मन र बुद्धिको निर्दोषिता/निर्मलता जटिल—मलिन हुँदै गयो । मानव विकासको क्रममा यो स्वभाविक प्रक्रिया थियो । अब मानिसमा (भनाै‌ बाल मस्तिष्क युवा भइसक्दा) माथि वर्णित विधि र साधनाबाट ध्यानमा पुगी ‘स्व’को खोजी गर्ने सुगमता सहजता बाँकी रहेन । र आवश्यकताले जन्मायो ज्ञान यज्ञ, जप यज्ञ, कर्म यज्ञ ।  समय कालको विकासमा अग्निको वरिपरि गरिने परम्परागत यज्ञ ‘चाइल्डिश’ भइसकेका थिए । मनले मनमै सम्पन्न गर्ने विधि र यज्ञको  उल्लेख्य गीतामा यत्रतत्र पाइन्छ । त्यै समयको आविष्कार हो पतञ्जली योग, किनकी त्यसबेलासम्म मानिस भित्र श्रद्धाको ठाउँमा पौरखले स्थान बनाई सकेको थियो । यज्ञमा स्वहाको ध्वनि र सुगंधित वातावरणले चञ्चल चित्तलाई एकाग्र गरी ध्यानमा प्रवेश गराउने सम्भावना क्षीण भएको अवस्था विकसित भइसकेको थियो । बुद्धिमा अहंकारले जरो गाडी सकेकाले, आफ्नो पुरुषार्थमा मानिसको विश्वास फस्टाई सकेको हुनाले (विकास क्रममा मानिसमा मौलाएका उपलब्धिहरुलाई पनि समेट्दै) त्यसबेला परिमार्जित उपायहरु खोजिएका हुन् । ज्ञान, जप, मन्त्र, कर्म, योग लगायत सबै साधनाहरुको अभिप्राय भने ध्यानमा आवेष्टित गराई ‘स्व’को अनुभूति गराउनु नै रहेको थियो र आज पर्यन्त छ । 

कालको गति अविरल, शाश्वत, सनातन सत्य हो । विभिन्न कालखण्डमा विभिन्न गुरुहरुले त्यही ‘स्व’उद्घाटित गर्न नानाविधि र साधन आविष्कृत गरेका हुन । फरक फरक ढंगबाट फरक फरक विधिका माध्यमले ध्यानमा प्रवेश गराउने गुरुहरुमा देखिएको भिन्नता भने समाजको प्रछन्न विकास र मनस्थितिका कारणले भएको हो । हजाराै‌ं वर्षमा अनन्त आयाममा विकसित भएको मानव मनलाई एउटै विधिले डोर्‍याउन सम्भव थिएन र फेरि गुरु पनि त विकसित मनकै प्रतिनिधि थिए । भाषा, लाक्षणिकता, विम्व, प्रतीक सबै नै र सँधै नै विकसित हुँदै/ फेरिंदै आइरहेको हामी सबैलाई विदित नै छ । तर सबै विधिको अन्तिम परिणति भने ध्यान नै थियो एवं छ । समय क्रममा बुद्ध, महावीर, शंकर, गोरखनाथ, कबीर, नानक, सूफी फकीरहरु देखि आधुनिक युगका लाहिडी महाशय, योगानन्द, कृष्णमूर्ति, ओशो लगायत अहिलेका रविशंकर, बुधपुरीजी महाराज, पाइलट बाबा, जापानको झेन र सत्यनारायण गोयन्का आदि सबैले ध्यान कै कुरा गरेका हुन । 

आरम्भमा सबैका ‘टुल्स’ फरक भएतापनि ‘कन्क्लुजन’ सबै गुरुहरुको एउटै रहेको छ, त्यो हो ध्यान । मुमुक्षुले अन्यत्र विषयमा खेर गइरहेको ध्यान आफ्नो स्वरुपको पहिचान गर्नमा लाउनु आध्यात्मिकता हो, र त्यो ध्यानसम्म पुग्न सम्पन्न गरिने सारा क्रियाकलापहरु धर्मरुपी बाहिरी आवरण हुन् । 

प्रारम्भमा कुनै पनि साधकका लागि बाहिरी आवरणरुपी धर्मको नियमन अत्यावश्यक हुन्छ । यही बाहिरी आवरणरुपी धर्म भित्र शनैः शनैः अध्यात्मिकतारुपी ध्यानको गुदी विकसित हुन्छ । आवरणरुपी धर्मपरायणताको अभावमा ध्यानको गुदी वातावरणीय देखि विभिन्न किसिमका यावत विकारले संक्रमित हुने सम्भावना प्रबल हुन्छ । 

कल्पना गरौं, केरा अथवा सुन्तला जस्ता फलहरुमा बाहिरी आवरणरुपी सुरक्षा कवच(बोक्रा) नहुने हो भने, के तिनको उपयोग गर्ने सम्भावना हुने थियो ? ध्यान त केराको गुदी अथवा सुन्तलाको केस्रा भन्दा पनि सुकोमल, निर्दोष, पवित्र, दिव्य परम स्थिति हो । प्रारम्भका दिनहरुमा यसलाई अत्यन्त संरक्षणको आवश्यकता अनिवार्य नै पर्छ । सत्य आचरण, निष्ठा, संगत, खानपान, पहिरन, माला, तिलक, यज्ञ, दान, तप, कीर्तन भजन, अनुशासन, वरिपरिको वातावरण, शुद्धि, पूजा पाठ, देव विग्रह दर्शन, गुरु दर्शन एवं सान्निध्य, जप, धर्मग्रन्थ पारायण आदि आदि कृत्य साधक भित्र पुष्पित पल्लवित भइरहेको ध्यान कुसुमको लागि सुरक्षा कवचका विभिन्न रुप हुन् । 

साधकले जुनसुकै सुरक्षा कवचको उपयोग गरे पनि अत्यन्त सजगताका साथ गर्नुपर्छ । ध्यानमा राम्ररी निमग्न हुन थालेपछि क्रमशः सुरक्षा कवचलाई त्याग्न पनि सक्नुपर्छ । नत्र सुरक्षा कवच नै (धार्मिक कर्मकाण्ड) वन्धन बनी दिन्छन् ।