यसरी हुर्कन्छ गर्भमा भ्रूण

यसरी हुर्कन्छ गर्भमा भ्रूण

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  चैत्र १९, २०७५

सन् १९६५ मा लाइफ म्याग्जिनमा भ्रूणावस्थाका तस्बिर प्रकाशित भएका थिए । यी तस्बिर लेनार्ट निल्सन भन्ने फोटोग्राफरले खिँचेका थिए । संसारभरका पाठकले यी तस्बिर अत्यन्त मनपराए । त्यसपछि संसारभरका धेरै पत्रपत्रिकाले यी तस्बिर प्रकाशित गरे । लेनार्टलाई बाल्यकालदेखि माइक्रोस्कोपसँग अति रुचि रहेको थियो । र, उनको दोस्रो रुचि भने स्त्री कोखमा पलिरहेको भ्रूणप्रति थियो । उनले स्त्री कोखमा पलिरहेको भ्रूणको विभिन्न अवस्थाका तस्बिर खिँचेका थिए । 

FALLOPIAN TUBE मा स्त्री डिम्बतिर बढ्दै गरेको स्पर्म । 

स्त्री डिम्ब अब केही समयमै कुनै एक स्पर्मबाट निषेचित हुन्छ । 

अन्तिम क्षण, अर्काे क्षणबाट जीवनयात्रा प्रारम्भ हुन्छ । 

अन्ततः एउटा स्पर्म विजयी भयो । 

स्पर्मको इन्लार्ज तस्बिर । माथिल्लो भाग जेनेटिक मेटेरियल हो । यसले भ्रूणलाई पिताको गुण प्रदान गर्छ । 

निषेचनको एक सातापछि भ्रूण आमाको गर्भतिर जाँदै । 

२२ दिनको विकसित भ्रूण। चित्रमा देखिएको ग्रे कलरको भाग नै पछि गएर मस्तिष्क बन्नेछ । 

१८ दिनमा ह्दय बन्ने प्रक्रिया प्रारम्भ हुन्छ । 

२८ दिनको भ्रूण अवस्था । 

पाँच सातापछिको भ्रूण ९ मिलिमिटर लामो भइसक्यो । यहाँ नै नाक, मुख, आँखा विकसित हुनेछ । 

४० दिनपछिको भ्रूणको बाहिरी भाग युटेरससँग मिलेर रक्षात्मक थैली (PLACENTA) बनाउँछ । 

महाशय आठ साताको पुग्नुभयो । 

अहिले परेला मात्रै आएको छ । विस्तारै आँखा बन्नेछन् ।

हातबाट बाहिरको वातावरण बुझ्ने प्रयास । 

म १६ साताको भएँ । 

अब रक्त वाहिका स्पष्ट भए । 

हजुर अलि बिस्तारै । डिस्टर्व हुन्छ । म सुन्न सक्छु । १८ साताको भएँ । 

१९ साताको पुगेँ । हेर्नुस् मेरा यी औँला । खोइ, के–के गर्नुपर्छ यिनले ? 

केश आउन थाले । कुन स्टाइल राख्ने होला ? 

२४ साता पुगेँ । 

तीन दुना ६, खै पिताजी कता र के मा व्यस्त हुनुहुन्छ । म ३६ साताको भइसकेँ । अर्काे महिना बाहिर आउँछु । मेरो स्वागतका लागि के–के तयारी गरिएका छन् ।