कांग्रेसको घोषणपत्र

कांग्रेसको घोषणपत्र

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७५

लोकसभा निर्वाचनमा होमिएको इण्डियन नेशनल काँग्रेसले आज मगंलबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । पूर्व केन्द्रीय मन्त्री समेत रहिसकेका पी.चिदम्बरमको अध्यक्षतामा बनेको उक्त चुनावी घोषणपत्रको आवरणमा ‘हम निभाएगें’ लेखिएको छ ।

लोकसभा निर्वाचन २०१९लाई मध्यनजर गर्दै अहिले मिडीयामा निर्वाचण पूर्व मत सर्वेक्षण आइरहेका छन् ।  यसरी मत सर्वेक्षण गर्नेहरुमा धेरैजसो टेलिभिजन च्यालन रहेका छन भने केही अन्य स्वतन्त्र संस्थाहरु पनि लागि परेका छन् ।

पछिल्लो पटक एबीपी न्युजले १३ राज्यमा २ सय ५४ सिटका लागि  गरेको सर्वेक्षणमा लोकसभा २०१४ को तुलनामा २०१९ मा इण्डियन नेशनल कांग्रेसलाई फाइदा र भारतीय जनता पार्टीलाई सिट संख्यामा घाटा पुग्ने देखाएको छ ।

अहिलेको अवस्थामा चुनाव हुँदा १३ राज्यमा वीजेपीलाई १ सय ५३ र कांग्रेसलाई ६१ सिट र अन्यको भागमा ४० सिट जाने देखाउँछ । सन् २०१४को निर्वाचनमा वीजेपीलाई १ सय ७० र कांग्रेसलाई १९ सिट आएको थियो । यसरी हेर्दा वीजेपीले १७ सिट गुमाउन सक्ने आँकडा देखिन्छ भने कांग्रेसलाई ४२ सिटको फाइदा हुने देखिन्छ । त्यसैगरी अन्यको खातामा २५ सिट घट्ने देखिन्छ । 

कांग्रेसले आफ्नो घोषणा पत्रलाई जनआवाज नाम दिएको छ । र, यसको कभरपृष्ठमा ‘हम निभाएंगे’ लेखिएको छ । घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा युपिए अध्यक्ष सोनिया गान्धी कांग्रेस अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धी लगायत उपस्थित रेहका थिए । 

घोषणा पत्रमा रोजगार, किसान, भष्ट्राचार र न्याय योजनाको कुरा गरिएको छ ।