मिडियाविरुद्ध बलिउड: तीन खानसहित दर्जनौँ निर्माता कम्पनी दिल्ली उच्च अदालतकाे शरणमा

मिडियाविरुद्ध बलिउड: तीन खानसहित दर्जनौँ निर्माता कम्पनी दिल्ली उच्च अदालतकाे शरणमा

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन २८, २०७७

भारतीय सञ्चारमाध्यमले पछिल्ला केही वर्षदेखि अफवाहपूर्ण समाचार प्रकाशन र प्रसारण गरेका कारण चर्को आलोचना व्यहाेर्नु परिरहेको छ । सत्य तथ्यभन्दा पनि अतिरञ्जित बनाएर प्रसारण गर्ने भारतीय मिडियाको शैलीका कारण भारत भित्र मात्र होइन  अन्य देशमा समेत धेरै नै आलोचित हुनु परिरहेको छ ।

नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्साभित्र राख्दा भारतीय सञ्चारमाध्यमले दुई देशबिचको  छिमेकी सम्बन्ध र कूटनीतिक मर्यादाको  सामान्य सीमा समेत उल्लङ्घन गरेर प्रचार अतिरञ्जना पूर्वक प्रचार प्रसार गर्न पुगे । 

पाकिस्तानसँगको सीमा विवाद होस् या कास्मिरी जनताको अधिकारको लडाइँमा  भारतीय मिडिया आफैँ न्यायाधीश बनेर प्रस्तुत हुने कुरालाई सामान्य रुपमा लिन गरेको पाइन्छ ।   हुँदा हुँदा गत महिना भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोरोना सङ्क्रमित र मस्तिष्कको एकै पटक बिरामी भएर अस्पताल भर्ना भएर उपचार भइरहेका बेला समेत  निधन नै  निधन  भएको दाबी प्रस्तुत गर्नु भ्याए । मुखर्जी  पुत्रले भारतीय मिडिया ‘फेक समाचार उत्पादन गर्ने कारखाना’  संज्ञा सहित को प्रतिक्रिया दिन बाध्य भएका थिए ।

प्रस्तोताहरूले ती ‘सेलिब्रिटी’ को मृत्यु यो समयकै ‘सबभन्दा ठुलो समाचार घटना’ भएको बारम्बार बताउँछन् । चक्रवर्तीलाई एनसीबीले पक्राउ गरेपछि एक जना समाचार प्रस्तोताले उनको च्यानलले यो समाचारका लागि २ हजार घण्टा खर्च गरेर भारतीय सञ्चारमाध्यम  रेकर्ड कायम गरिएको छ । 

बलिउड अभिनेता सुशान्त सिंह राजपूत गत १४ जुनमा मृत अवस्थामा भेटिएपछि भारतीय सञ्चारमाध्यमले यो विषयलाई लिएर सिङ्गो बलिउडमाथि नै अतिरञ्जनापूर्ण समाचार प्रेषित गरे । यो विषय यति बेला दिल्ली उच्च अदालतमा नै पुगेको छ । 

अदालतमा मुद्दा 

भारतीय चलचित्र उद्योग बलिउडका सबभन्दा ठुला निर्माता कम्पनीहरूले केही भारतीय सञ्चारमाध्यमको ‘गैर जिम्मेवार रिपोर्टिङ’ भन्दै अदालतमा मुद्दा नै  दायर गर्ने ठाउँमा  पुगेको छ । 

गत १४ जुनमा अभिनेता सुशान्त सिंह राजपूत मृत अवस्थामा भेटिएका थिए । उनले आत्महत्या गरेको विश्वास गरिएको छ । तर यो घटनालाई लिएर महिनौँसम्म भारतका टेलिभिजन न्युज च्यानलहरूले लगातार रिपोर्टिङ प्रसारण गरिरहे । 

भारतीय सञ्चार माध्यमको  रिपोर्टिङको   विषय र शैलीलाई लिएर लिएर  अहिले बलिउडका चर्चित निर्माता र कलाकारहरू अदालतको ढोका घिच्च्याउन बाध्य बनाइएको छ ।  
यसरी मुद्दा हाल्नेमा बलिउडका तीन खान अर्थात् शाहरुख खान, आमिर खान तथा सलमान खानसहित दर्जनौँ निर्माता कम्पनी रहका छन् । उनीहरूले रिपोर्टिङ गर्ने शैलीलाई लिएर कारबाहीको माग  समेत गरिएको छ  । 

‘प्रतिवादीहरूका हिलो छ्याप्ने अभियानका कारण बलिउडसँग सम्बद्ध मानिसहरूको जीविकामा प्रभाव परेको छ,’ रिट निवेदनमा भनिएको छ । पछिल्ला महिनाहरूमा भारतीय सञ्चारमाध्यममा अभिनेता सुशान्त सिंह राजपूतको निधनको खबरले ठुलो कभरेज पाएको थियो । 

यो समाचारमा निरन्तर बलिउड र बलिउडकर्मीमाथि प्रहारमा केन्द्रित गरिएको थियो । सोही घटनालाई लिएर दुई वटा च्यानल र तिनका चार समाचार प्रस्तोताविरुद्ध ३४ निर्माता एवम् फिल्म उद्योग सम्बद्ध चार वटा सङ्घले दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका हुन । रिपब्लिक टिभी र त्यसका प्रस्तोता अर्णव गोस्वामी र प्रदीप भण्डारी तथा टाइम्स नाउ टिभी र त्यसका प्रस्तोता राहुल शिव शंकर र नबिका कुमारविरुद्ध मुद्दा दर्ता गरिएको हो । 

मुद्दामा भनिएको छ, ‘बलिउडका सदस्यहरूको निजत्व उल्लङ्घन गरिएको छ । सम्पूर्ण बलिउडलाई अपराधीको संज्ञा दिने, सबै दुर्व्यसनी भए जस्तो प्रचार गर्ने र जनमानसमाझ बलिउडसँग जोडिनु भनेको आपराधिक कार्य गर्नु जस्तो गरी व्यवहार गरेर बलिउडका सदस्यहरूको प्रतिष्ठामा आँच पुर्‍याउने काम गरेको आरोप लागेको छ ।  

घटनाको वास्तविकता 

३४ वर्षीय राजपूत मुम्बईस्थित उनकै फ्ल्याटमा १४ जुनमा मृत अवस्थामा फेला परेका थिए । उनले आत्महत्या गरेको प्रहरी अनुसन्धानले  बताउँदै आएको थियो । तर उनका परिवारका सदस्यले उनकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध आत्महत्या गर्न उक्साएको तथा अन्य अपराध गरेको भन्दै प्रहरीमा निवेदन दिएपछि भारतीय सञ्चारमाध्यम अतिरञ्जना पूर्वक पस्कने अवसरको रुपमा उपयोग गर्दै आयो   । चक्रवर्तीले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएकी छन् । 

त्यसयता अभिनेत्री दीपिका पादुकोणसहित कैयौँ कलाकारसँग सोधपुछ गरिएको छ । ती कसैलाई कुनै गल्ती गरेको आरोप भने लगाइएको छैन । सो मामिलालाई अहिले तीन वटा सङ्घीय निकायले अनुसन्धान गरिरहेका छन् ।

अनुसन्धानकर्ताहरूले सञ्चारमाध्यममा बेलाबखत सामान्य जानकारी दिन थालेपछि यस मुद्दामा विभिन्न अड्कलबाजीहरू समेत भइरहेका छन् । 

मिडियामा चासो

कुनै चर्चित कलाकारको निधन विश्वमै ठुलो दुःखद समाचार हो । तर बलिबुड कलाकार सुशान्त सिंह राजपूतको मृत्यु र उनकी प्रेमिका कलाकार रिया चक्रवर्तीविरुद्ध भारतीय मिडियामा एक किसिमले दानवी करणका रुपमा प्रस्तुत गरेको भनेर आलोचना भइरहेको छ । 

एक समय त यतिसम्म भयो कि कोरोना भाइरसको महामारीविरुद्ध लड्ने बेला सबैको ध्यान सुशान्त प्रकरणमा सोझियो । सञ्चारमाध्यमबाट एकोहोरो छानबिन वा मिडिया ट्रायलमा जथाभाबी आरोपहरू लगाइएका अनेकौँ तथ्यहरू प्रसारण भएका छन् । 

भारतका चर्चित टेलिभिजन प्रस्तोताहरूले सुशान्तको मृत्यु लगत्तै उनकी प्रेमिका  रिया चक्रवर्तीलाई न्यायाधीश जसरी दोषी ठहर गरिसकेका थिए । रिया चक्रवर्ती र सुशान्त सिंह प्रेम सम्बन्धमा रहेको बताइन्छ । 

 अन्य च्यानलहरूमा पनि यस्तै दृश्य देखिए, जहाँ प्रस्तोताहरूले ती ‘सेलिब्रिटी’ को मृत्यु यो समयकै ‘सबभन्दा ठुलो समाचार घटना’ भएको बारम्बार बताउँछन् । चक्रवर्तीलाई एनसीबीले पक्राउ गरेपछि एक जना समाचार प्रस्तोताले उनको च्यानलले यो समाचारका लागि २ हजार घण्टा खर्च गरेर भारतीय सञ्चारमाध्यम  रेकर्ड कायम गरिएको छ । 

अहिले भारतीय सञ्चारमाध्यमको यस्तै रिपोर्टिङ अदालतमा पुगेको छ । जसले भारतीय सञ्चारमाध्यमलाई यस्तो रिपोर्टिङको चरित्र बदल्नका अदालतले बाध्य पार्ने छ वा निरन्तरता दिन पाउने छन् त्यो अब  उच्च अदालतको  फैसला भर पर्ने छ ।