करेन्ट लागेर २१ वर्षीय युवकको मृत्यु

करेन्ट लागेर २१ वर्षीय युवकको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन २८, २०७७

कञ्चनपुर । बेदकोट नगरपालिका–३ चौरीका २१ वर्षीय दिनेश साउदको मङ्गलबार करेन्ट लागेर मृत्यु भएको छ । पसलमा काम गर्दै गरेका बेला साउदलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर बेहोस भएका साउदलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पु¥याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । अस्पतालमा शव परीक्षणपश्चात आफन्तलाई जिम्मा लगाइएको छ ।