पञ्जावसँग दिल्ली पराजित

पञ्जावसँग दिल्ली पराजित
विकेट लिएपछि खुसी मनाउँदै पञ्जाबका सैम कुरन । तस्बिर : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र १९, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जावले दिल्ली क्यापिटललाई १४ रनले हराएको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा १६६ रन जोडेको थियो । उसका लागि डेभिड मिलरले सर्वाधिक ४३ रन जोडेका थिए । यस्तै, सरफराज खानले ३९ र मन्दीप सिंहले नटआउट २९ रनको योगदान दिए । बलिङतर्फ क्रिस मोरिसले तीन तथा कागिसो रवाडा र सन्दीप लामिछानेले समान दुई विकेट लिए । 

जवाफी ब्याटिङ थालेको दिल्ली १९.२ ओभरमा १५२ रनमा समेटियो । दिल्लीले सुरुवात राम्रो गरे पनि अन्तिम ओभरमा सम्हालिन नसकेपछि विपक्षीलाई नतिजा सुम्पिन बाध्य भयो । 

दिल्लीले अन्तिम १७ बलमा आठ रन जोडेर सात विकेट गुमाएको थियो । जसमा म्यान अफ दि म्याच सान कुरनले ह्याट्रिक विकेट लिएका थिए । चालू आइपिएलमा ह्याट्रिक विकेट लिने उनी पहिलो खेलाडी हुन् ।